
6l/ufpFdf k/LIf0f p8fg bfªsf] 6l/ufpF ljdfg:yndf k|fljlwssf] 6f]nLn] k/LIf0f p8fg ub}{ . cj ljdfg:yndf xKtfdf b’O{ k6s xjfO{ p8fg x’g] ePsf] 5 . t:jL/ M bLks af]x/f, ndxL, /f;;
तुलसीपुर। दाङको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन हुन नसक्दा नेपाल आयल निगमद्वारा सञ्चालित हवाई इन्धन डिपो सञ्चालनमै समस्या देखिएको छ। उडान अनियमित हुँदा इन्धनको बिक्री न्यून बनेपछि डिपोको आम्दानीसमेत प्रभावित भएको हो।
नेपाल आयल निगमका लेखा अधिकृत कैलाश देवकोटाका अनुसार पछिल्ला केही महिनामा हवाई इन्धनको बिक्री निकै कम भएको छ। गत वैशाखमा एक हजार लिटर, जेठमा ६६० लिटर र असार महिनाको हालसम्म ८३४ लिटर मात्रै इन्धन बिक्री भएको छ।
उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १७ हजार ९०९ लिटर इन्धन बिक्री भएको थियो भने चालु आर्थिक वर्षमा हालसम्म ३४ हजार ३४ लिटर इन्धन बिक्री भएको छ। चालु आवमा मासिक औसत बिक्री दुई हजार ८४६ लिटर रहेको उनले बताए।
“नियमित उडान भए इन्धन बिक्री पनि बढ्छ र डिपो सञ्चालनमा सहज हुन्छ,” लेखा अधिकृत देवकोटाले भने, “सातामा चार दिन जहाज आउने भनिए पनि कहिले दुई दिन मात्रै उडान हुन्छ, कहिले पूरै साता उडान नै हुँदैन। यही अनियमितताले डिपो सञ्चालनमा समस्या भएको हो।”
हाल टरिगाउँ विमानस्थलमा हवाई इन्धनको मूल्य प्रतिलिटर २६९ रुपैयाँ रहेको उनले जानकारी दिए।
टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन हुन नसक्दा इन्धन डिपो मात्र होइन, हवाई यात्रु, व्यवसायी तथा आपत्कालीन सेवासमेत प्रभावित हुँदै आएका छन्। उडान तालिका स्थिर नहुँदा यात्रुले सडक यातायातकै भर पर्नुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ।
नेपाल आयल निगमले विमानस्थलमा इन्धनको पर्याप्त व्यवस्था गरे पनि जहाजको नियमित आवागमन नहुँदा पूर्वाधारको पूर्ण उपयोग हुन नसकेको जनाएको छ।
स्थानीय सरोकारवालाले टरिगाउँ विमानस्थलबाट नियमित उडान सुनिश्चित गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार नियमित हवाई सेवा सञ्चालन हुन सके इन्धन डिपोको आम्दानी बढ्नुका साथै दाङ र आसपासका जिल्लाका यात्रुलाई पनि सहज सेवा उपलब्ध हुनेछ।
