Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा   

राप्ती र बबई नदीकाे १३.७ किलाेमिटर तटबन्धमा क्षति   


तुलसीपुर । याे वर्ष गत असार,साउन र भदौ महिनामा राप्ती तथा बबई नदीमा आएकाे बाढीले १३.७ किलाेमिटर तटबन्धमा क्षति पुगेकाे अध्ययनले देखाएकाे छ । जनताको तटबन्धन लमही कार्यालयले गरेकाे अध्ययन गरी संकलन गरेकाे विवरण अनुसार बर्खामा राप्ती र बबई नदीमा आएकाे बाढीले यति तटबन्धमा क्षति पुगेकाे देखाएका हाे ।

अध्ययनका क्रममा यी दुईवटै ठूला नदीले गत बर्खामा कटान गरेको स्थानमा तटबन्धन नगरे अर्को वर्ष अझै ठूलो क्षति पुग्ने अवस्था देखिएकाे कार्यालयका सिनियर डिभिजनल इञ्जिनियर रमानन्द दासले बताए । “हामीले गएको वर्षातले तटबन्धनमा गरेको क्षतिको विवरण संकलन गरेका छौं”, उनले भने, “बर्खाकाे बाढीले १३.७ किलोमिटर क्षेत्रफलमा क्षति भएको छ । यदि त्यो क्षेत्रमा यो वर्ष नै तटबन्ध नगरे अर्को वर्ष बाढीले थप क्षति गर्नेछ।”

क्षति भएको तटबन्ध क्षेत्रको विवरण विभागमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाइसकेको पनि उनले बताए। अहिले तटबन्धनका लागि उल्लेख्य बजेट नभएकाले मन्त्रालयमा माग गरिएको उनले बताए ।

त्यो क्षेत्रमा तटबन्धन निर्माण गर्न करिब एक अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । सहायक नदीहरूमा पनि विभिन्न स्थानमा क्षति भएको दासले बताए । उनका अनुसार राप्ती नदीले दाङको राप्ती, गढवा राजपुर गाउँपालिका, लमही नगरपालिकासहित बाँकेको नरैनापुर, राप्ती सोनारीलगायतका गाउँपालिकामा क्षति पुर्याएकाे छ ।

बबई नदीले तुलसीपुर उपमहानगरपालिकाको वडा नं ११, १२, १३ र १४ सहित दङ्गीशरण, शान्तिनगर, बबई गाउँपालिकामा क्षति पुर्याएको छ । जनताको तटबन्धन कार्यालयले राप्ती र बबई नदीमा तटबन्धन निर्माणकाे काम गर्दै आएकाे छ ।


Read Previous

पदयात्रीकाे रोजाइमा पर्दै नवलपुरकाे ‘देवचुली डाँडा’   

Read Next

बागलुङ र म्याग्दी जोड्ने झाेलुङ्गे पुल सञ्चालन

Leave a Reply

Your email address will not be published.