Nepal Purbadhar

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

अष्ट्रेलियासँग जलस्रोत सहकार्यको कार्यान्वयनका लागि पहल सुरु


काठमाडौ । नेपाल र अष्ट्रेलिया सरकारबीच भएको जलस्रोत व्यवस्थापन सम्बन्धी सहकार्य कार्यान्वयनका लागि नेपालले पहल सुरु गरेको छ ।

एक साता अघि मात्र अष्ट्रेलियाको क्याबेरामा भएको नेपाल र अष्ट्रेलियाबीचको सचिवस्तरीय बैठकको दुवै देशबीच सहकार्यका लागि समझदारी भएको हो । समझदारीपत्रमा नेपालको तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरे र अष्ट्रेलियाका वैदेशिक मामिला तथा व्यापार सचिव जान आडम्सले हस्ताक्षर गरेका थिए ।

समझदारी लगत्तै सहकार्य कार्यान्वयनका लागि पहल अघि बढाइएको सचिव घिमिरेले जानकारी दिए । ‘नेपालको कमला वेसिन रणनीति निर्माणका सहायता गरेको कमन वेथ्ल साईटिफिक एण्ड इण्डष्ट्रिज अर्गनाईजेश (सीएसईआरओ), मोरे ड्रारलिङ रिभर बेसीन, जलवायु परिवर्तन विभाग लगायतका सरोकारवालाहरुसँग सहकार्य कार्यान्वयनका लागि छलफल तथा अन्तरकृया गरिसकेका छौ ।’–उनले भने–‘सरोकारवालाहरुसँग ऊर्जा आयोगको प्राथमिकता, दिशा निर्देश, यसको पुर्नसंरचना, आयोगले नेपालको जलस्रोतको क्षेत्रमा गर्न खोजेको पहल लगायतबारे छलफल भईरहेको छ ।’

उनले सहकार्य कार्यान्वयनका लागि दुवै देशको संयुक्त सल्लाहकार समितिको गठन गर्ने उल्लेख रहेकोमा यसको पहिलो बैठक नेपालमा गर्नका लागि पनि छलफल भईरहेको उनले जानकारी दिए ।


Read Previous

२ सय मेगावाट विद्युत प्रवाह हुने बुटवल-लुम्बिनी प्रसारण लाइन र सबस्टेसन उद्घाटन

Read Next

परियाेजना बैंक कार्यान्वयनमा ढिलाइ

Leave a Reply

Your email address will not be published.