Nepal Purbadhar

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा घाइते तीनै जना खतरामुक्त, मेडिसिटीमा उपचार जारी


काठमाडौं। सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणाका अनुसार दुर्घटनामा फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, एयर डाइनेस्टीका पाइलट प्रज्ज्वल केसी र न्यूजिल्याण्डका नागरिक शैलेश किसन पटेल घाइते भएका थिए।

तीनै जनालाई प्रभु हेलिकप्टरमार्फत उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइएको थियो। अस्पताल पुर्‍याइएलगत्तै उनीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा आवश्यक चिकित्सकीय मूल्याङ्कन गरिएको थियो।

परीक्षणपछि तीनै जनाको स्वास्थ्य अवस्था स्थिर र खतरामुक्त रहेको अस्पतालले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्थाअनुसार थप परीक्षण, उपचार तथा निरन्तर निगरानी गरिने अस्पतालले जानकारी दिएको छ।


Read Previous

३३ लाख रुपैयाँसहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ, मध्यपुर थिमिको सेवा प्रभावित

Read Next

सिंहदरबार वैद्यखानाको औषधि उत्पादन सुधार गर्न दुई मन्त्रालयबीच सहकार्य हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar