काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी मौद्रित नीतिमा समेट्न २७ बुँदे सुझाव दिएको छ ।
सिबिफिनले पत्रकार सम्मेलनको आयोजना गरी अहिलेको व्यवस्थामा हुनुपर्ने सुधार र त्यसको औचित्य र कारणसमेत उल्लेख गरेर सुझाव दिएको छ । सिबिफिनले पूर्वाधार बैंकले लगानीका लागि देश/विदेशबाट जम्मा गरेको रकम वाणिज्य बैंकहरुमा मुद्धति निक्षेपमा राख्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।
अहिलेको यस्तो व्यवस्था उल्लेख छैन । मुद्धति निक्षेपमा राख्नुपर्नाको औचित्यमा लगानीका क्षेत्र पहिचान नभइसकेको अवस्थामा जम्मा भएको रकम मुद्धति निक्षेपमा राख्न पाउने व्यवस्थाले बैंकको संचालनमा सहजता प्रदान गर्ने उल्लेख छ ।
पेचिलो बन्दै गएको तरलताको समस्या समाधान र क्रमशः घट्दो अवस्थामा रहेको विप्रेषण आप्रवाहलाई थप प्रभावकारी एवं व्यवस्थित बनाउनका लागि पनि सुझाव महत्वपूर्ण रहेको सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले उल्लेख गरे ।
सिबिफिनका सुझावहरु यस्ता छन् : CBFIN’s Suggestion on upcoming Monetary Policy submitted to NRB