Nepal Purbadhar

कांग्रेस महाधिवेशन: मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप, को-को ले दिए उमेद्वारी


काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप गरिएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले यसअघि आज दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो। उम्मेदवार तथा प्रतिनिधिहरूको चापलाई ध्यानमा राख्दै समय थप गरिएको हो।

यसैबीच नयाँ कार्यसमितिका पदाधिकारीतर्फ उम्मेदवारी दर्ता भइरहेको छ। हालसम्म उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

हालसम्म उम्मेदवारी दर्ता गर्नेहरूमा उपसभापतितर्फ पुष्पा भुसालले महिला र विनोद चौधरी तथा फरमुल्लाह मन्सुरले समावेशी समूहबाट उम्मेदवारी दिएका छन्।

महामन्त्रीतर्फ डिला संग्रौला र रिता खनालले महिला तथा शंकर तिवारी, सुनिल शर्मा र नैनसिंह महरले खुलातर्फ उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै सहमहामन्त्रीतर्फ प्रतिमा गौतमले महिला, देवेन्द्रराज कंडेल र रामहरि खतिवडाले खुला, मनोजमणि आचार्यले खस आर्य तथा जीवनबहादुर शाहीले पिछडिएको क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ताको समय सकिएपछि निर्वाचन समितिले प्रक्रिया अघि बढाउने जनाएको छ।


Read Previous

विश्व बैंकको प्रक्षेपण: रसुवा बाढीको असर, आर्थिक वृद्धि ३.७ प्रतिशतमा खुम्चिने

Read Next

विनोद चौधरी समावेशी उमेद्वार, सुध्रिएको काँग्रेसमा सक्षम व्यक्ति फेरी संरक्षित कोटामा किन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar