Nepal Purbadhar

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त


काठमाडौं। सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार श्रेष्ठलाई बढीमा चार वर्षका लागि अध्यक्ष नियुक्त गरिएको हो।

नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

शपथपछि सञ्चारमन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढङ्गले काम गर्न श्रेष्ठलाई निर्देशन दिए। उनले बोर्डको आवश्यकता र औचित्य थप स्थापित हुने गरी कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताए।

लोककल्याणकारी विज्ञापन वितरणलाई वैज्ञानिक, वस्तुनिष्ठ र पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै उनले सार्वजनिक स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गर्न निर्देशन दिए।

अध्यक्ष श्रेष्ठले विज्ञापनसम्बन्धी नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयन, सुशासन र सहज सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए।

नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष श्रेष्ठसँग विज्ञापन तथा सञ्चार क्षेत्रमा लामो अनुभव छ। उनले किङ्ग्स कलेज र डन बोस्को कलेजलगायत शैक्षिक संस्थामा प्राध्यापनसमेत गरेका छन्।


Read Previous

भोटेकोशी बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण हुने

Read Next

हिउँदको विद्युत् माग धान्न प्राधिकरणले थाल्यो तयारी, पाँच सदस्यीय समिति गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar