
काठमाडौं। रसुवाको भोटेकोशी बाढीमा बेपत्ता तथा मृतकको पहिचान गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले पनि डीएनए परीक्षण थालेको छ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ठूलो संख्यामा नमुना परीक्षण गर्नुपर्ने भएपछि नास्टमा समेत परीक्षण अघि बढाइएको हो। परीक्षणमा चीनले प्राविधिक सहयोग गरिरहेको छ।
नास्टले अहिलेसम्म ८०७ ओटा नमुना प्राप्त गरेको छ। ती नमुनाको परीक्षणपछि प्राप्त नतिजा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पठाइनेछ, जहाँ मृतक तथा बेपत्ताका आफन्तको नमुनासँग मिलान गरी पहिचानको प्रक्रिया अघि बढाइनेछ।
भोटेकोशी बाढीपछि ठूलो संख्यामा शव र आफन्तका डीएनए नमुना संकलन भएकाले पहिचानको काम चुनौतीपूर्ण बनेको छ। यसलाई तीव्र बनाउन नेपालसहित विभिन्न देशका विज्ञ तथा प्राविधिक टोलीले समेत सहयोग गरिरहेका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

