Nepal Purbadhar

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुले लिए शपथ, सम्हाले कार्यभार


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रालयमा श्रेष्ठलाई शपथ गराएका हुन्। शपथपछि मन्त्री श्रेष्ठले प्राधिकरणमा प्रणाली बनाएर निष्ठापूर्वक काम गर्न तथा मन्त्रालय र मातहतका निकायसँग उच्च समन्वय गरेर अघि बढ्न निर्देशन दिए।

मन्त्री श्रेष्ठले भोटेकोशी बाढीबाट उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा कायम मुकायम कार्यकारी निर्देशकका रूपमा श्रेष्ठले गरेको कामका लागि धन्यवादसमेत दिए।

मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकले श्रेष्ठलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।


Read Previous

हिउँदको विद्युत् माग धान्न प्राधिकरणले थाल्यो तयारी, पाँच सदस्यीय समिति गठन

Read Next

१० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar