Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

वर्षामा देशभरका सामरिक सडक सुचारु राख्न २१८ उपकरण परिचालन


काठमाडौं । यो वर्षको वर्षायाममा देशभरका सामरिक सडक संजाल (एसआरएन) सुचारु राख्न सडक विभागले २१८ उपकरण (इक्यूप्मेण्ट) परिचालन गरेको छ । विभागले आवश्यकता अनुसार पहिरोको जोखिम युक्त क्षेत्रमा ती उपकरण परिचालन गर्नुका साथै अन्य उपकरणहरु सडक विभागका विभिन्न कार्यालयमै ‘स्ट्याण्ड बाइ’ राखेको छ ।

सडक विभागका उपमहानिर्देशक भिमार्जुन अधिकारीका अनुसार संभावित जोखिम हुन सक्ने ठाँउ पहिचान गरी ९३ वटा हेभी इक्यूप्मेण्ट परिचालन गरिएको छ । त्यस्तै, हुन सक्ने जोखिमको आंकलन गरी १२५ वटा हेभी इक्यूप्मेण्टलाई तयारी अवस्था (स्ट्याण्ड बाइ) मा राखिएको छ ।

विभागसँग पहिरो पन्छाउने विशेष उपकरण १४३ वटा छन । विशेष उपकरणमा लोडर, एक्जाभेटर, ब्याकहो लोडर डोजर रहेका छन् । त्यस्तै, सहायक उपकरणहरु ७५ वटा रहेका छन् । सहायक उपकरणमा ट्रक, ट्रान्सपोर्टर, क्रेन, फ्याट बेड, टिपर, मोबाइल क्रेन, मोटर गे्रडर, एयर कम्प्रेसरलगायत पर्छन ।

सडक डिभिजन तथा योजना कार्यालयहरुले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय मातहत रही विभिन्न हेभी इक्यूप्मेण्ट डिभिजनहरुसँग रहेका उपकरणहरु आवश्यकता परिचालन गरिरहेका छन् । उपकरणहरु पहिरोको जोखिमयुक्त क्षेत्रमा परिचालन गर्नुका साथै अन्य उपकरणहरु सडक विभागका विभिन्न कार्यालयमै तयारी अवस्थामा राखिएका छन् ।

काठमाडौं डिभिजनमा ३८, जनकपुरमा १५

सडक विभागले देशभरका ८ वटा हेभी इक्यूप्मेण्ट डिभिजनमार्फत उपकरण परिचालन गरिरहेको छ । विभागका अनुसार काठमाडौं हेभी इक्यूप्मेण्ट डिभिजनमा सबैभन्दा धेरै ३८ वटा हेभी इक्यूप्मेण्ट परिचालन गरेको छ । त्यसमध्ये १९ वटा संभावित जोखिम क्षेत्रमा खटाइएको छ भने १९ वटा तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै, जनकपुर डिभिजनमा भने कार्यक्षेत्रमा एउटा मात्र खटाइएको छ भने तयारी अवस्थामा १४ वटा राखिएका छन् । यस डिभिजनमा सबैभन्दा न्यून १५ वटा मात्र हेभी इक्यूप्मेण्ट परिचालन गर्न लागिएको छ । पहिरोको जोखिम न्यून भएका कारण उपकरणको परिचालन पनि न्यून गरिएको हो ।

त्यस्तै, इटहरी डिभिजनका लागि ३२ वटा हेभी इक्यूप्मेण्ट छुट्याइएको छ । त्यसमध्ये १५ वटालाई संभावित जोखिम भएको स्थानमा र १७ वटालाई तयारी अवस्थामा राखिएको छ । हेभी इक्यूप्मेण्ट डिभिजन हेटौडामा २३ वटा (८ वटा स्थलगत र १५ वटा तयारी अवस्थामा), बुटवलमा २७ वटा (८ वटा स्थलगत र १९ वटा तयारी अवस्थामा) पोखरामा २९ वटा (१० वटा स्थलगत र १९ वटा तयारी अवस्थामा) नेपालगञ्जमा ३३ वटा (१७ वटा स्थलगत र १६ वटा तयारी अवस्थामा) परिचालन गरिएको छ ।

गोदावरी डिभिजनमा भने १५ वटा स्थलगत र ६ वटा तयारी अवस्थामा राखिएको छ । कुल २१ वटा हेभी इक्यूप्मेण्ट परिचालन गरिएको छ ।


Read Previous

पाकिस्तानले ७२० मेगावाटको करोट आयोजना सञ्चालनमा ल्यायो, लोडसेडिङ न्युनिकरणमा राहत

Read Next

प्राधिकरणले अन्तरदेशीय विद्युत व्यापारबाट १ अर्ब ७२ करोड आम्दानी गर्याे

Leave a Reply

Your email address will not be published.