Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

पाकिस्तानले ७२० मेगावाटको करोट आयोजना सञ्चालनमा ल्यायो, लोडसेडिङ न्युनिकरणमा राहत


काठमाडौं । चर्को लोडसेडिङको मार झेलिरहेको पाकिस्तानमा ७२० मेगावाटको करोट जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । पाकिस्तान सरकारले चाइन थ्री गर्जेज कर्पोरेशनसँगको सहकार्यमा निर्माण सम्पन्न गरेको जलविद्युत आयोजनाबाट बिहीबारदेखि विद्युत उत्पादन सुरु भएको हो ।

निर्माण सुरु गरेको ७ वर्षपछि चीन–पाकिस्तान आर्थिक कोरिडोर (सिपिइसी) परियोजना अन्तर्गतको सम्पन्न गरी सञ्चालनमा ल्याइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । पाकिस्तानको पञ्जाब प्रान्तको झेलुम नदीमा संरचना रहेको यो सिपिइसी अन्तर्गत निर्माण भएको ठूलो आयोजना हो ।

यो आयोजनाको संरचना निर्माणको काम सन् २०१५ को अप्रिलबाट सुरु भएको थियो । यो आयोजना सञ्चालनमा आएसँगै पाकिस्तानले भोगिरहेको चर्को लोडसेडिङको मार न्युनिकरण गर्न सहयोग पुग्ने समाचारमा जनाइएको छ ।

आयोजनाले उत्पादन गरेको विद्युतबाट थप ५० लाख पाकिस्तानी नागरिकमा विद्युत पहुँच विस्तार गर्न सकिने छ । आयोजनाले वार्षिक ३२ अर्ब युनिट स्वच्छ विद्युत उत्पादन हुनेछ ।

यो आयोजनाको विद्युतले पाकिस्तानको विद्युत प्रसारण तथा वितरण प्रणालीलाईस्थित बनाउनेछ । साथै, पाकिस्तानले कोइलामा आधारित थर्मल प्लान्टको तुलनामा सस्तो विद्युत उपयोग गर्न पाउनेछ ।

आयोजना सञ्चालनमा आउँदा वार्षिक ३५ लाख टन कार्वन उत्सर्जनमा कमी आउनेछ । कार्बन उत्सर्जनको अवस्थालाई स्थिर राख्न तथा विश्वभर जलवायु परिवर्तनको जोखिम कम गराउन योगदान पुग्नेछ । पाकिस्तानको ऊर्जा संकट निवारणमा पनि महत्त्वपूर्ण भूमिका आयोजनाको रहनेछ । पाकिस्तानले उत्पादनभन्दा माग बढी भएका कारण लामाे समयदेखि लाेडसेडिङकाे समस्या झेल्दै आएकाे छ ।

आयोजना निर्माण अवधिमा प्रभावित क्षेत्रमा स्थानीय बासिन्दालाई लक्षित गरी २० भन्दा बढी लोक कल्याणकारी काममा पनि लगानी गरेको चाइना थ्री गर्जेजले जनाएको छ । चाइना थ्री गर्जेजले आयोजना प्रभावित स्थानीय क्षेत्रको विकासका लागि विद्यालय, अस्पताल, सडक पूर्वाधार निर्माण गरिदिएको छ ।

आयोजना निर्माण अवधिभर ४ हजार ५ सय बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको अवसर पाएका छन् । यो झेलुम नदीमा प्रस्ताव गरिएका ५ क्यासकेड मध्ये चौंथो जलविद्युत आयोजना हो । यही नदीमा निर्माण भएको ९६९ मेगावाटको निलुम झेलुम जलविद्युत आयोजनाले सन् २०१८ देखि विद्युत उत्पादन गरिरहेको छ ।

यो आयोजना निर्माण गरेको चाइना थ्री गर्जेजले विश्वका ४० भन्दा बढी देशमा ऊर्जा तथा पूर्वाधार निर्माणको क्षेत्रमा काम गर्दै आएको छ । चाइना थ्री गर्जेजले विश्वका विभिन्न देशमा गरी १८ हजार मेगावाटका विद्युत आयोजना निर्माण गरिसकेको छ । सिपिइसी चीनको बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गतको प्रमुख पाइटल परियोजना हो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद


Read Previous

विद्युत प्रसारण लाइन र सडक पूर्वाधार आयोजना (एक खाेज अध्ययन)

Read Next

वर्षामा देशभरका सामरिक सडक सुचारु राख्न २१८ उपकरण परिचालन

Leave a Reply

Your email address will not be published.