Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

भरतपुर-बर्दघाट प्रसारण लाइनको आंशिक खण्ड सञ्चालन,पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार


काठमाडौं । भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको खण्ड साेमबारबाट सञ्चालनमा ल्याएकाे हाे ।

भरतपुर महानगरपालिका–११, आँपटारीस्थिति सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्म पर्ने करिब ५६ किलोमिटर प्रसारण लाइनमा विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएकाे छ । प्राधिकरणका अनुसार नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत पठाउन नसक्ने अवस्था आएपछि वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको हो ।

स्थानीयकाे अवराेधका कारणा ७४ किलोमिटर प्रसारण लाइनकाे निर्माण पूरा हुन सकेकाे छैन । प्रसारण लाइनकाे २४६ टावरमध्ये २४४ वटाको निर्माण सम्पन्न भइ तार समेत टाँगिएको छ । नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा स्थानीयको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण २ वटा टावर बनाउन नसक्दा भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण पूरा हुन सकेको छैन । सर्वोच्च अदालतले आइतबार रिट खारेज गरिदिएकोले अब यी २ टावर निर्माणको बाटो खुलेको छ ।

अहिले भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापीङ गरी हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा जोडिएको छ । भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइनलाई अरुण खोलामा छुट्याएर भरतपुर–बर्दघाट २२० केभीको लाइनसँग जोडिएको हो । भरतपुर सबस्टेसनबाट अरुणखोलासम्म २२० केभीको नयाँ लाइनबाट र त्यसपछि १३२ केभीको पुरानो लाइनबाट बर्दघाट सबस्टेसनसम्म विद्युत प्रवाह हुनेछ ।

अब अरुण खोला पूर्वतर्फका कावासोतीलगायतका क्षेत्रमा पुरानो १३२ केभी प्रसारण लाइनबाट प्रगतिनगर सबस्टेसनमार्फत विद्युत आपूर्ति हुने छ । ती क्षेत्रमा करिब २५ मेगावाट विद्युत खपत हुने गरेको छ । पुरानो १३२ केभी लाइनबाट कावासोती लगायतका क्षेत्रमा विद्युत आपूर्ति भएपछि सोमबारबाट सञ्चालनमा आएको लाइनमार्फत भरतपुरबाट बर्दघाटतर्फ करिब १ सय मेगावाट विद्युत सिधै पठाउन सकिने भएकाे छ । अहिले भरतपुर–बर्दघाट १३२ केभी लाइनबाट कावासोती क्षेत्रमा विद्युत आपूर्ति गरी बाँकी विद्युत बर्दघाटतर्फ प्रवाह हुने गरेकाे छ ।

अहिले चालू रहेको भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइन सिंगल सर्किट मात्रै छ । जसले गर्दा भरतपुरबाट बर्दघाटतर्फ करिब ८० मेगावाटभन्दा बढी विद्युत पठाउन नसकिने वाध्यात्मक अवस्था थियो । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड चार्ज गरी कावासोती लगायतका क्षेत्रको करिब २५ मेगावाट लोड सिफ्ट भएकोले भरतपुरबाट पश्चिमतर्फ थप विद्युत आपूर्ति गर्न सकिने भएको छ ।

भरतपुरबाट प्रगतिनगरसम्मको खण्ड चार्ज भएपछि बर्दघाटतर्फ करिब २५ विद्युत थप पठाउन सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार अब चितवन पश्चिम क्षेत्रमा विद्युत आपूर्ति व्यवस्थापनमा सहज हुनेछ ।

‘भरतपुरतर्फ विद्युतको माग बढी रहेको तर हाल सञ्चालनमा रहेको १३२ केभी लाइनको क्षमतालाई नधानेर थप विद्युत पठाउन सकिरहेका थिएनौं । अब कावासोती क्षेत्रको लोड सिफ्ट गरिएकोले थप विद्युत बर्दघाटतर्फ पठाउन सक्छौं,’ उनले भने, ‘यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति व्यवस्थापनमा केही सहज भएको छ । ’ उनले अब पश्चिम क्षेत्रमा विद्युत आपूर्तिका लागि टनकपुर विन्दुबाट बध्यात्मकरुपमा गर्नु पर्ने आयात घट्नुको साथै भोल्टेजमा पनि सुधार हुने  बताए ।

प्रसारण लाइनको मार्गधिकार परिवर्तनको माग गदै स्थानीयले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका कारण लाइन निर्माणको काम २०७७ को चैतबाट रोकिएको थियो । सर्वोेच्च अदालतले रिट खारेज गरिदिएकाले अब अब मुआब्जा निर्धारणको प्रक्रिया सुरु गरी टावर निर्माण गरिने आयोजना प्रमुख सन्तोष साहले बताए ।


Read Previous

जीसेभेन राष्ट्रद्वारा साढे ७ खर्बको विश्वव्यापी पूर्वाधार कार्यक्रम घोषणा

Read Next

नेपाल पूर्वाधार डटकमका सम्पादक गौतम राेटरी जर्नो अवार्डबाट सम्मानित

Leave a Reply

Your email address will not be published.