Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’ भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

नेपाल पूर्वाधार डटकमका सम्पादक गौतम राेटरी जर्नो अवार्डबाट सम्मानित


काठमाडौं । पूर्वाधार सम्बन्धि अनलाइन समाचार पोर्टल नेपाल पूर्वाधार डटकमका सम्पादक भीम गौतम रोटरी जोर्नो अवार्ड २०२२ बाट सम्मानित भएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले गौतमलाई यो वर्षको आर्थिक पत्रकारितातर्फको अर्वाडबाट सम्मान गरेको हो ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट जनरल सन्तोष रिजाल र फर्स्ट लेडी नविनिता रिजालले पत्रकार गौतमलाई अर्वाड प्रदान गरे । आर्थिक पत्रकार समाज नेपाल (सेजन) ले यो वर्षको आर्थिक पत्रकारितातर्फको विधाका लागि गौतमको नाम सिफारिस गरेको थियो ।

सम्पादक गौतमसँगै शिक्षा तथा साहित्य विधातर्फ शिक्षा राष्ट्रिय मासिकमा कार्यरत पत्रकार बालमुकुन्द आचार्य सम्मानित भएका छन् । स्वाथ्य विधातर्फ हिमालय टेलिभिजनकी पत्रकार सृजना बराल, वातावरण  विधातर्फ सेतेपाटी डटकमका चितवन संवाददाता राजेश घिमिरे सम्मानित भएका छन् ।

यस्तै, महिला विकासतर्फको विधामा गण्डकी प्रदेशबाट पत्रकारिता गर्ने रेडियो पत्रकार कविता श्रेष्ठ एवं रोटरी क्लब नेपालले गरेका सामाजिक कार्यको नियमित रिर्पोटिङ गर्ने पत्रकार शंकर खरेललाई पनि सम्मान गरिएको छ । अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै डिस्ट्रिक्ट जनरल सन्तोष रिजालले पत्रकारिताले पनि देश र समाजमा योगदान गर्ने हुँदा आगामी दिनमा सञ्चार जगतसँग सहकार्य गरेर जान सकिने बताए ।

सम्मानित हुने पत्रकारको प्रतिनिधित्व गर्दै गौतमले अवार्ड प्राप्त हुँदा यो क्षेत्रमा काम गर्न प्रोत्साहन मिल्नुका साथै थप जिम्मेवारीको अनुभुति भएको बताए । अर्की सम्मानित पत्रकार श्रेष्ठले पनि आफुले गरेको कर्मको कदर भएको प्रति आभार व्यक्त गरिन् ।

पर्सनालिटी पावर अफ दि मिडिया सम्मान वरिष्ठ पत्रकार ताम्राकारलाई

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले पर्सनालिटी पावर अफ दि मिडिया सम्मान वरिष्ठ पत्रकार एवं रेडियोकर्मी कृष्णा ताम्राकारलाई दिएको छ । बि.सं २०१८ सालदेखि हालका दिनसम्म पत्रकारितामा सक्रिय रहनु भएकी ८४ वर्षिया ताम्राकारलाई विशेष सम्मान गरिएको हो । उहाँले पत्रकारिता क्षेत्रमा ६ दशक बढी योगदान गरेको सम्मान स्वरुप यो विशेष सम्मान प्रदान गरिएको हो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार ताम्राकारले लामो समयसम्म रेडियो पत्रकारितामा पुर्याएको योगदानको कदर गरेको भन्दै आभार व्यक्ति गरिन् । उनले लामो समयसम्म रेडियो नेपालको समाचार बाचिका भएर काम गरेकी छन् । रेडियो नेपालमा पर्यटन, वातावरण लगायतसँग सम्बन्धित कार्यक्रमको निर्माण तथा सञ्चालन गरेको अनुभव छ ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले हरेक वर्ष सञ्चार कर्ममा आबद्ध पत्रकारहरूलाई सम्मान गर्दै आएकाे छ ।


Read Previous

भरतपुर-बर्दघाट प्रसारण लाइनको आंशिक खण्ड सञ्चालन,पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार

Read Next

काठमाडौं विश्वविद्यालयमा खुल्यो मास्टर्स इन मिडिया स्टडीज कार्यक्रम

Leave a Reply

Your email address will not be published.