Nepal Purbadhar

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने


काठमाडौं। नेपाली कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएको छ।

महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता प्रवर्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले कांग्रेसले आफ्नो मुख्यालयमा सम्मेलन गर्न लागेको हो।

सम्मेलनले विशेषगरी स्टार्टअप, एमएसएमई तथा एसएमई क्षेत्रमा कार्यरत महिला उद्यमीबीच अनुभव आदानप्रदान, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र नेटवर्किङका लागि साझा मञ्च उपलब्ध गराउने कांग्रेसले जनाएको छ।

सम्मेलनसँगै कांग्रेस मुख्यालय परिसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनीसमेत गरिनेछ।

सम्मेलनमा महिला उद्यमीले भोगिरहेका विद्यमान चुनौती, सम्भावना र अवसरबारे बहुआयामिक छलफल हुनेछ। महिला उद्यमशीलताको विकासमार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि, आयआर्जन, आत्मनिर्भरता तथा समुन्नत समाज निर्माणमा योगदान पुग्ने कांग्रेसको विश्वास छ।

सम्मेलनमा महिला उद्यमशीलतासँग सम्बन्धित तीनवटा विषयमा प्यानल छलफल गरिनेछ। साथै, प्रेरणादायी व्यक्तिले आफ्नो उद्यमशील यात्राबारे अनुभव सुनाउने कार्यक्रमसमेत राखिएको छ।


Read Previous

नयाँ उद्योगलाई सहज हुने कानुनी प्रबन्ध मिलाइनुपर्छ : सांसद अग्रवाल

Read Next

लहानमा सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar