Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

जीसेभेन राष्ट्रद्वारा साढे ७ खर्बको विश्वव्यापी पूर्वाधार कार्यक्रम घोषणा


काठमाडौ । जीसेभेनको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बिडेन र जीसेभेनका नेताहरूले ६ सय अर्थ डलर अर्थात साढे ७ सय खर्ब नेपाली रुपैयाँ बारबरको विश्वव्यापी पूर्वाधार कार्यक्रमको घोषणा गरेका छन् ।

निम्न र मध्यम आय भएका देशहरूको विशाल पूर्वाधार आवश्यकताहरू पूरा गर्न भन्दै राष्ट्रपति बिडेन र जीसेभेनका नेताहरुले यस्तो साझेदारी घोषणा गरिएको हो ।

आइतबार अमेरिकी राष्ट्रपति बिडेनले विश्वव्यापी पूर्वाधार र लगानीका लागि साझेदारी कार्यक्रम औपचारिक रुपमा घोषणा गर्दे यसले पूर्वाधार क्षेत्रमा विश्वव्यापी उत्कृष्ट अभ्यास, पारदर्शीता, समझदारीका साथै वातावरण र श्रमिकको संरक्षणमा योगदान दिने बताए ।

उनले पाँच बर्षभित्र अमेरिकाले सार्वजनिक निजी क्षेत्रका लागि २ सय बिलियन डलरको साझेदारी गर्ने बताउँदै जीसेभेनसँगको समन्वयमा सन् २०२७ भित्र ६ सय अर्ब डलर परिचालन गर्ने उल्लेख गरे ।
साझेदारी अन्र्तगत दिगो विकासका लागि स्वास्थ्य र यसको सुरक्षा, डिजिटल कनेक्टिभीटी, लैंगिक समाता र समानता, वातवारण र ऊर्जा सुरक्षा लगायतका लगानी गर्ने लक्ष्य राखिएको छ ।

राष्ट्रपति बिडेनले शिखर सम्मेलनमा दिएको जानकारी अनुसार, अफ्रिका, एशिया र ल्याटि अमेरिकामा सुरक्षित पूर्वाधार विकासका लागि ३ करोड ५० लाख डलर पुुँजी परिचालन गरिनेछ ।

जीसेभेनले घोषणा गरेको विश्व व्यापी पूर्वाधार कार्यक्रमलाई चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसेटिभको सामना गर्नका लागि ल्याइएको कार्यक्रमको रुपमा एजेन्सीहरुले चित्रण गरेका छन् ।


Read Previous

पुरानो गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न कानुन बनाइदै

Read Next

भरतपुर-बर्दघाट प्रसारण लाइनको आंशिक खण्ड सञ्चालन,पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार

Leave a Reply

Your email address will not be published.