Nepal Purbadhar

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा    प्रतिकूल मौसमले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित    दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

सम्पत्ति मौद्रिकीकरण भनेको के हो ?


तस्विरः विश्व बैक

सम्पत्ति मौद्रिकीकरण भनेको कुनै पनि वस्तु (संस्था, चल अचल सम्पति, परियोजना) को मुल्यांकन गरी त्यसलाई मुद्रामा रुपान्तरण गर्नु हो । अर्थात कुनै परियोजना वा सरकारी संघसंस्थाको सम्पत्तिको मुल्य तय गरी यसलाई नाफाको स्रोतको रूपमा प्रयोग गर्नु’ वा सम्पत्तिलाई रकममा परिवर्तन गर्नु हो ।

उदाहरणका लागि कुनै निर्माण सम्पन्न भई सञ्चालनमा रहेको तथा सञ्चालनको तरखरमा रहेको परियोजना वा कुनै सञ्चालनमा रहेका वा नरहेका निकायहरुको अर्थतन्त्रको वैधानिक विधि र प्रकृया अपनाई सम्पत्तिको मुल्यांकन गरिन्छ ।

त्यसपछि तोकिएको मुल्य तय भएपछि अन्य इच्छुक लगानीकर्तासम्म टेण्डर आह्वान गरी वितरण गरिन्छ । यसो गर्दा त्यो संस्था वा परियोजनाको मुल्य जुन तय हुन्छ र टेण्डर आह्वानपछि जुन निजी क्षेत्र वा समूहले एकमुष्ट रुपमा निश्चित अवधिका लागि स्वामित्वमा लिन्छ । यसबाट एकैपटक पुँजी निर्माण गर्न सकिन्छ ।

सम्पत्ति मुद्रीकरणले हालसम्म प्रयोग नगरिएका वा कम प्रयोग गरिएका सार्वजनिक सम्पत्तिहरूको मूल्यलाई अनलक गरेर राजस्वको नयाँ स्रोतहरू सिर्जना गर्ने काम गर्दछ । यसमा सेयरधनीहरुलाई प्रतिफलको सुनिश्चितता हुन्छ भने सरकारलाई पनि अन्य ठूला पूर्वाधार वा संस्था निर्माणका लागि एकैपटक पुँजी संकलन हुन्छ ।


Read Previous

वैदेशिक राेजगारीबाट फर्किएका कामदारलाई सघाउन स्वीट्जरल्याण्डको ८६ करोड सहयोग

Read Next

रोल्वालिङ उपत्यकाको बेदिङ गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीको विद्युत,स्थानीय हर्षित

Leave a Reply

Your email address will not be published.