Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

महानगरपालिकाभित्रका विकास निर्माणमा एकरुपता ल्याउन प्रमुख बालेन्द्र शाहको प्रशंसनीय पहल


काठमाडौ ।
काठमाडौँ महानगरपालिकाभित्र विकास निर्माणमा एकरुपता, समन्वय र सहजीकरणका लागि काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पहल सुरु गरेका छन् ।

विकास कार्यान्वयन गर्ने निकायहरुबीच समन्वय अभावमा विकासे योजनाहरुको अनावश्यक लागत वृद्धि हुने गरेको छ । लागत वृद्धिका साथै निर्माण सम्पन्न भएपछि तुरुन्तै भत्काउने प्रवृत्ति विगतमा देखिएकोमा यसलाई न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायहरुको बैठक राखेर उनले यस्तो पहल सुरु गरेका हुन् ।

शुक्रबार महानगरपालिका, नेपाल विद्युत प्राधिकरण, काठमाण्डौ उपत्यका खानेपानी लिमीटेड, नेपाल दुरसञ्चार प्राधिकरण, सडक विभाग, मेलम्ची खानेपानी आयोजना लगायतका निकायका प्रतिनीधिहरुको सहभागिता थियो ।

यस अघि यी निकायहरुबीचमा समन्वय नहुँदा एकातिर सडक अस्तव्यस्त र अर्कोतिर अनावश्यक सार्वजनिक पैसा खर्च भईरहेको थियो । यस्तो अवस्थामा प्रमुख शाहले गरेको यो पहललाई पूर्वाधार क्षेत्रका विज्ञहरुले प्रशंसा गरेका छन् ।

विगत लामो समयदेखि विज्ञहरुले एकीकृत रुपमा विकास निर्माणको कामका लागि सरकारी निकायले समन्वय र सहजीकरण गर्न नसकेको भन्दै आलोचना गरिरहेका थिए ।
शाहको अध्यक्षतामा बसेको बैठकले विकासका परियोजना तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रत्येक महिनाको पहिलो सोमबार बैठक बस्ने र बैठकमा यसबारे समीक्षा गर्ने निर्णय गरेको छ ।

यसैगरी एकीकृत रुपमा गर्न सकिने कार्यहरुलाई यकिन गरी एकीकृत प्रारुप तयार पार्ने र प्रभावकारी रुपमा सम्पादन गर्ने तथा यसक्रममा आईपर्ने समस्याहरुको यथोचित समाधान गर्ने निर्णय पनि गरेको छ ।

प्रमुख शाहद्धारा जारी विज्ञप्तिका अनुसार, महानगरपालिकाभित्रका सार्वजनिक निर्माण तथा सेवा प्रवाहको काम कारवाहीलाई निरन्तर रुपमा थप प्रभावकारी लैजानका लागि यस्तो निर्णय गरिएको हो ।


Read Previous

मुलुकभर विद्युतीय सुरक्षा अभियान, अनुमतिपत्र लिनेले मात्र पोल चढ्न पाउने

Read Next

इलेक्ट्रिकल इञ्जिनियर्सको १३ औं कार्यसमिति गठन

Leave a Reply

Your email address will not be published.