Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

मुलुकभर विद्युतीय सुरक्षा अभियान, अनुमतिपत्र लिनेले मात्र पोल चढ्न पाउने


बाग्मतीमा दुई सय जनालाई तालिमसँगै सपथ

काठमाडौ । विद्युतीय दुर्घटनालाई न्यूनीकरणका लागि नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशानालयले मुलुकभर विद्युतीय सुरक्षा अभियान सुरु गरेको छ ।

विद्युत प्राधिकरणकै तथ्यांकले समग्रमा दैनिक जसो एउटा विद्युतीय दुर्घटनाहरु भईरहेको बेला निर्देशालयको अगुवाईमा यस्तो अभियान सुरु गरिएको हो ।

विद्युत प्राधिकरणमा कार्यरत करिब तीन हजार लाइनम्यान र फोर म्यानहरुलाई विद्युतीय सुरक्षा सम्बन्धी तालिम र अभिमुखीकरण गर्ने गरी अभियान सुरु गरिएको निर्देशालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

‘विद्युतीय दुर्घटनाबाट ज्यान र घाइते हुने क्रमसँगै यसलाई न्यूनीकरण गर्नका लागि अभियान सुरु गरेका हौ ।’–उनले भने–‘अहिले मुलुकभर तालिम लगायतका कार्यक्रम सुरु भएको छ, असारभित्र तालिमको काम सम्पन्न  हुन्छ ।’

उनका अनुसार, तालिम प्राप्त लाइनम्यान र फोर म्यानहरुलाई अनुमतिपत्र दिने र सो अनुमतिपत्र पाउनेहरुले मात्र पोल चढ्न पाउने व्यवस्था गर्न लागिएको र सो व्यवस्थापछि दुर्घटनामा अझै धेरै कमी आउने छ ।

विशेष गरी तालिममा सुरक्षित रुपमा उपकरणहरु सञ्चालन र स्वयं सुरक्षित हुनका लागि अपनाउनुपर्ने सावधानीहरुबारे तालिम दिइने कार्यक्रम छ । यसका लागि निर्देशानालयले सबै प्रदेश र डिभिजन कार्यालयबाट छनोट गरी २२ जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिएको थियो । तालिममा सहभागीहरुले प्रत्येक वितरण केन्द्रमा कार्यरत लाइन म्यान र फोर म्यानहरुलाई तालिम दिईरहेका छन् ।

निर्देशालयका अनुसार, देशभर यस्ता तालिमहरु भईरहेका छन् । तालिमसँगै उनीहरुलाई सुरक्षित विधि अपनाएर काम गर्नका लागि सपथ समेत गराउने गरिएको छ ।

बाग्मती प्रदेशमा दुई सय जनाले लिए तालिम र सपथ


प्राधिकरण वाग्मती प्रादेशिक कार्यालयको अगुवाईमा दोेलखा, रामेछाप, सिन्धुपाल्चोक, पाँचखाल र मेलम्ची वितरण केन्द्रका दुई सय लाइन म्यान र फोर म्यानहरुलाई तालिम दिएको छ । उनीहरुलाई तालिमसँगै सपथ पनि खुवाइएको तालिमका प्रशिक्षक एवं दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले जानकारी दिए ।

‘तालिम पश्चात सबै कर्मचारीले विद्युतीय दुर्घटना सम्बन्धमा सचेतभै चलाखिपुर्ण कार्य गर्नको लागि उत्प्रेरित हुने अवस्था सिर्जना भएको छ, यो धेरै प्रभावकारी पनि देखिएको छ ।’–उनले भने ।

उनका अनुसार, वाग्मती प्रादेशिक कार्यालयको अगुवाई र प्रमुख श्रीराम पाण्डेको नेतृत्वमा हालसम्म ५ वटा वितरण केन्द्रमा भैसकेको छ भने १६ वटामा असारभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

तालिममा ढकालसहित सन्तोष पन्त, जयनन्द झा, नारायण अर्याल, शुशील पौडेलले प्रशिक्षकको रुपमा तालिम दिईरहेका छन् ।


Read Previous

‘विकास निर्माण कामको निरन्तर अनुगमण गर्नुस’

Read Next

महानगरपालिकाभित्रका विकास निर्माणमा एकरुपता ल्याउन प्रमुख बालेन्द्र शाहको प्रशंसनीय पहल

Leave a Reply

Your email address will not be published.