Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

इलेक्ट्रिकल इञ्जिनियर्सको १३ औं कार्यसमिति गठन


काठमाडौं । सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपालको विशेष साधारण सभाले १३ औं कार्यसमिति गठन गरेको छ । शुक्रबार सम्पन्न विशेष साधारण सभाले इञ्जिनियर दिल्लीरत्न शाक्यको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो ।

कार्य समितिको उपाध्यक्षमा इञ्जिनियर तिर्थमान शाक्य, महासचिवमा इञ्जिनियर थर्क बहादुर थापा र कोषाध्यक्षमा इञ्जिनियर सुर्यरत्न ताम्राकार रहेका छन् । त्यस्तै, सचिवमा इञ्जिनियर सुबोध शर्मा चयन भएका छन् । सदस्यहरुमा इञ्जिनियरहरु तारा प्रसाद प्रधान, दीपक चन्द, दिपा श्रेष्ठ, आशा खनाल, रौशन कुमार गुप्ता, अनिल पन्जियार, ओम सागर बन्जारा र बिरेन्द्र कुमार सिंह चयन भएका छन् ।

कोभिड-१९ जस्तो महामारीको विषम परिस्थितिमा समेत महत्वपूणर् कार्यभार सम्पन्न गरेकोमा निवर्तमान १२ औं कार्यसमितिका सम्पूणर् पदाधिकारीहरुलाई धन्यवाद दिएको छ । थप भरोसा र साथ पाउने नयाँ कार्य समितिले विश्वास लिएको छ ।


Read Previous

महानगरपालिकाभित्रका विकास निर्माणमा एकरुपता ल्याउन प्रमुख बालेन्द्र शाहको प्रशंसनीय पहल

Read Next

निजगढ विमानस्थल बन्छ, यो मेरो प्रतिबद्धता भयोः अर्थमन्त्री

Leave a Reply

Your email address will not be published.