
नाराय०ी किनारबाट शव संकलन गर्दै सुरक्षाकर्मी, फाईल तस्बीर।
काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसपछि विभिन्न क्षेत्रमा आएको विपद्का कारण हालसम्म ९८७ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ। त्यस्तै, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ।
प्राधिकरणका अनुसार हालसम्म ३ हजार ९१६ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ३ जना राष्ट्रसेवक कर्मचारी रहेका छन्।
बाढी तथा विपद्मा २७९ जना घाइते भएका छन्। उपचारपछि विभिन्न अस्पतालबाट १६८ जना डिस्चार्ज भइसकेका छन्।
यसैगरी, विपद् प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
उद्धार, खोजी तथा राहत कार्यका लागि हालसम्म २१ हजार ११ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।





