Nepal Purbadhar

भोटेकोसी बाढीपछि रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सुचारु


काठमाडौं। भोटेकोसी बाढीका कारण विद्युत् सेवा अवरुद्ध बनेको रसुवाका कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सुचारु भएको छ।

त्यस्तै, गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चे, भार्खु र गोसाइँकुण्ड क्षेत्रमा पनि विद्युत् सेवा सञ्चालनमा आएको छ।

प्रतिकूल मौसम र भौगोलिक कठिनाइका बाबजुद नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरूको सक्रिय पहलमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको हो।

विद्युत् सेवा पुनः सञ्चालनमा आएसँगै बाढी प्रभावित स्थानीय बासिन्दा पुनः उज्यालोमा फर्किएका छन्। प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउन प्राधिकरणका प्राविधिकहरू निरन्तर परिचालन भइरहेका छन्।


Read Previous

माथिल्लो त्रिशूली-३ ‘बी’को सुरुङमा नेपाली सेनाको उद्धार प्रयास जारी

Read Next

बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन नपाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar