Nepal Purbadhar

बागलुङमा ग्यासको सास्ती : उज्यालो नहुँदै लाइनमा उपभोक्ता


बागलुङ। प्रशासनले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि बागलुङका उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन सकेका छैनन् ।

मंगलबार मात्रै बागलुङ बजारमा एक हजार ७५ ओटा ग्यासका सिलिण्डर भित्रिएका थिए । उक्त ग्यास १६ ओटा डिलरमार्फत वितरण गरिएको थियो । ग्यास लिन उपभोक्ताको भिड बढेपछि डिलरमा प्रहरीसमेत परिचालन गरिएको थियो ।

ग्यास लिन मंगलबार बिहान ३ बजेदेखि नै उपभोक्ता डिलरमा लाइन लागेका थिए । उपभोक्ताले एउटा सिलिण्डर ग्यास लिन तीन घण्टासम्म लाइनमा बस्नुपरेको गुनासो गरेका छन् ।

बागलुङ बजारका विभिन्न स्थानमा ग्यास लिन उपभोक्ताको लामो लाइन देखिन्थ्यो । प्रशासनले आपूर्ति सहज भएको बताए पनि व्यवहारमा भने उपभोक्ताले सास्ती खेप्नुपरेको छ ।

बागलुङमा गृहलक्ष्मी, शक्ति, नेपाल, एवानलगायत ब्राण्डका खाना पकाउने ग्यास वितरण हुँदै आएको छ । ग्यासको अभाव र कालोबजारीको आरोपमा प्रहरीले दुई साताअघि एक जनालाई पक्राउसमेत गरेको थियो ।

ग्यासको अभावका कारण अहिले बिक्रेताले समेत मौज्दात राख्न छोडेका छन् । उपभोक्ताको भिड बढेपछि बिक्रेताले ग्यास वितरणमा ‘कार्ड सिस्टम’ लागू गरेका छन् ।

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी


Read Previous

मार्तडी-कोल्टी २६ किलोमिटर कालोपत्रेको काम अधुरै, कालोपत्र हुनुपर्ने सडक २७ वर्षदेखि अलपत्र

Read Next

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध, हजारौं सवारीसाधन बाटोमै रोकिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar