Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

आगामी बजेटका लागि पर्यटन पुनरुत्थान विशेष कार्यक्रमसहित हानका ११ बुँदे सुझाव (विस्तृतमा)


काठमाडौ । होटेल संघ नेपाल (हान) ले आगामी आर्थिक बर्ष २०७९/८० को बजेटका लागि ११ बुँदे सुझाव दिएको छ । पर्यटन पुनरुत्थान केन्द्रित विशेष कार्यक्रम, ‘इको फ्रिन्डली’होटल संचालन गर्नेहरुको लागि सामाग्रीमा कर लागू हुनु नहुने लगायतका सुझाव दिएको हो । सुझावमा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि सरकारले बजेटमा समावेश गर्नुपर्ने विषय समेटिएको छ ।

बजेटमा हानका सुझावका बुँदाहरू

१. उत्पादनमूलक उद्योगको मान्यता कार्यान्वयन सम्बन्धमा
आर्थिक बजेट २०७८/०७९ को बजेटले होटललाई उत्पादनमुलक उद्योग सरहको सुविधाहरु प्रदान गर्नेे व्यवस्था भएकोमा हाल सम्म सो कार्यान्वयन हुन नसकेकोले आयकर ऐन, २०५८ बमोजिम उत्पादनमूलक उद्योगलाई प्रदान गरिएको सम्पूर्ण सुविधा होटेल उद्योगलाई उपलब्ध गराउने गरी आ.व. २०७९/०८० को बजेटमा समावेश गरी कोभिडबाट क्षत विक्षत भएको पर्यटन उद्योगलाई पुनरुत्थानमा सहयोग हुनुपर्ने ।

२. बैंक सहुलियत सम्बन्धमा
क) होटलहरु पुनरुत्थानका लागि होटल सञ्चालन खर्च ५ प्रतिशत व्याजमा सहज रुपमा उपलब्ध हुनुपर्ने । साथै गतवर्ष अन्य सहुलियत कर्जा उपभोग गर्ने ऋणिहरुको लागि पनि आगामी बजेटमा व्यवस्था हुनुपर्ने ।

ख) अब आउने मौद्रिक नीति २०७९/०८० मा पर्यटन पुनरुत्थान केन्द्रित विशेष गरी होटल उद्योगलाई प्रोत्साहित हुने कार्यक्रमहरु तय गरिनुपर्ने ।

३. कर सम्बन्धमा
होटल तथा पर्यटन व्यवसाय यस आ.व. पनि कोरोनाको कारण राम्रोसंग संचालन भैनसकेको हुदा स्थानीय निकायलाइ वुझाउनु पर्ने सम्पत्ती करमा कम्तिमा ७५ प्रतिशत छुट गरीनु पर्ने । पर्यटन तथा होटल उद्योगको लागि ३ बर्षसम्म विशेष सहुलियत कर लागू गरिनुपर्ने । यसले पुनरुत्थानमा सहयोग गरी पर्यटन प्रवर्धनमा दीर्घकालीन सहयोग पुग्नेछ ।

४. भन्सार सम्बन्धमा
होटलले स्तरोन्नतीको लागि आयात गर्ने सरसामानहरुमा लाग्ने भन्सार दरमा सहुलियत दिई हाल पर्यटन व्यवसायले भोग्नु परेको आर्थिक संकटको समस्यालाई मध्यनजर गरि होटललाई चुस्त दुरुस्त राख्न सहयोग गर्नु हुन । साथै ‘इको फ्रिन्डली’होटल संचालन गर्नेहरुको लागि सामाग्रीमा कर लागू हुनु नहुने ।

५. विद्युत महशुल सम्बन्धमा
होटलहरुलाई गैर ग्रास्थ्य वर्गमा राखिएको हुँदा यसलाई औद्योगिक वर्गमा समावेश गरी विद्युत महशुल दर घटाउनुपर्ने । डिमाण्ड चार्ज छुट लागू गरी टिओडी महशुल र होटलको लागि फरक दररेट कायम गरी फ्यूल रिप्लेशमेन्ट नीति लागू गरिनुपर्ने ।
साथै कतिपय होटलहरु भाडामा सञ्चालन भइरहेको हुँदा उक्त भाडाका होटलमा व्यक्तिको नाममा मिटर जडित भए तापनि छुट सुविधा उपलब्ध हुन उपयुक्त हुने ।

६. मौद्रिक प्रोत्साहन सम्बन्धमा
क) अन्य उद्योगले निर्यात वापत पाउँदै आएको मौद्रिक प्रोत्साहन होटल उद्योगलाई पनि वैदेशिक मुद्रा आर्जन गरेवापत मौद्रिक प्रोत्साहन उपलब्ध हुनुपर्ने र होटल क्षेत्रमा खर्च गर्ने पर्यटकहरुको लागि सटही दायरा फराकिलो बनाइनुपर्ने ।

ख) नेपाल राष्ट्र वैंकले कुनैपनी विदेशी ग्राहकले होटलमा खाना खादा वा सेवा लिदाको अवस्थामा नेपाली रुपैयामा भुत्तानी गर्न चाहेमा एटीएम वाट वा अन्य कुनै माध्यमवाट रकम नेपालीमा परीवर्तक गरेको कागजात माग गरेको हुदा ग्राहकसंग सो कागजात बोकि हिड्न कठिन हुने हुदा होटल रुमको भुक्तानी वाहेकको भुत्तानीमा यस्ता कागजात उपलव्ध गराउन कठिनाइ हुने हुदा सो कागजात माग नगर्ने व्यवस्था हुनुपर्ने ।

७. साना / मझौला होटल सम्बन्धममा
साना तथा मझौला होटलहरु प्रायःजसो भाडामा रहेको हुँदा धितोको अभाव रहेकोले यसलाई होटलले गरेको अडिट रिपोर्ट र लगानीको आधारमा न्यूनत व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था हुनुपर्ने ।

८. वातावरणीय अध्ययन सम्बन्धमा
अहिलेको अवस्थालाई मध्यनजर गरी होटलहरुले गर्नुपर्ने वातावरणीय अध्ययन गर्न थप व्यय पर्ने र सो पूरा नगरे झनै समस्या हुने भएकोले नँया बन्ने हरुको लागि तत्काल कार्यान्वयन गर्ने तर पुराना होटलहरुको लागि थप समय माग भएकोले केही बर्ष समय थप हुने व्यवस्था र सो नगरेमा आर्थिक व्ययभार नहुने व्यवस्था हुन ।

९. आन्तरिक तथा वाह्य पर्यटन प्रर्वधन तथा बजारीकरण सम्बन्धमा
क) धेरै भन्दा धेरै पर्यटक भित्र्याउन छिमेकी राष्ट्रमा नेपाल सरकारबाट पर्यटन प्रर्वधनका निम्न अनुसारका कार्य गरीनुपर्ने भएकोले विशेष आर्थिक र लगानी आकर्षित गर्ने कार्यक्रमहरु घोषणा गर्नुपर्ने ।

ख) नेपाल वायुसेवा निगमको संजाल विस्तार गरी पर्यटकलाई सहज आगमन गर्ने गरी पर्यटन विस्ताको योजना लागू गरिनुपर्ने । साथै विदेशी जहाज नेपाल आउँदा अवतरण हुदा लाग्ने शुल्क घटाउने पर्ने जस्ता पर्यटन प्रर्वधन कार्य गरिनु पर्ने ।

१०. सहज आपूर्तिको व्यवस्था हुनको सम्बन्धमा
हाल होटलहरुमा प्रयोग गरिने अति आवश्यक समाग्रीहरु जुन स्थानीय पूर्ति गर्न सम्भव छैन, तिनीहरुको आपूर्ति बन्द गरिएको कारण गुणस्तरीय सेवा दिन नसकिएकोले होटल क्षेत्रको लागि यस प्रकारका सामाग्री आयातमा सहजीकरण गरी पर्यटन तथा होटल उद्योगको सेवा प्रवाह स्तरीय राख्नेगरी व्यवस्था हुन अनुरोध छ ।

११. अन्तराष्टिय कार्यक्रमको सम्बन्धमा
काोभिड १९ वाट पुनरुत्थानको क्रममा रहेको पर्यटन उद्योगलाई विश्वस्तरमा प्रचार गर्ने उद्धेश्यले सरकारी पहलबाट ठूलो अन्तर्राष्ट्रिय सन्देश जाने कार्यक्रमको लागि बजेट बिनियोजन गरी यो आर्थिक बर्षमा कार्यान्वयनका ल्याइनुपर्ने ।


Read Previous

सुर्खेतमा सम्पन्न भयो डिजिटल कर्णाली संवाद र स्टार्टअप फेस्ट

Read Next

प्रदेश र पालिकामा पठाएका आयोजना सम्पन्न हुने गरी बजेट विनियोजन होस्

Leave a Reply

Your email address will not be published.