Nepal Purbadhar

रसुवा-नुवाकोट बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई ५ लाख राहत, ६ जनाले पाए

फाइल तस्बिर।


काठमाडौं । रसुवा तथा नुवाकोटमा आएको बाढीमा बेपत्ता भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा कामदारका परिवारलाई राहत रकम उपलब्ध गराउन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणका अनुसार हालसम्म आवश्यक प्रमाणसहित निवेदन दिएका ६ जनाले राहत रकम प्राप्त गरेका छन्।

२०८३ भदौ १० गते रसुवा तथा नुवाकोट जिल्लामा आएको बाढीका कारण प्राधिकरणका विभिन्न कार्यालयमा कार्यरत ४७ जना कर्मचारी तथा कामदार बेपत्ता भएका थिए। उनीहरूका नजिकका हकवालालाई तत्काल राहतस्वरूप ५ लाख रुपैयाँ र ६ महिनासम्म कार्यरत पदको सुरू तलबको आधा बराबरको रकम उपलब्ध गराउने निर्णय प्राधिकरण सञ्चालक समितिले गरेको थियो।

उक्त निर्णयअनुसार राहत रकम प्राप्त गर्न बाँकी रहेका बेपत्ता कर्मचारी तथा कामदारका नजिकका हकवालालाई आवश्यक कागजातसहित निवेदन दिन प्राधिकरणले पुनः आग्रह गरेको छ।

राहतका लागि आवश्यक कागजात

प्राधिकरणका अनुसार राहत रकम प्राप्त गर्न सम्बन्धित हकवालाले निम्न कागजात पेस गर्नुपर्नेछ।

१. बेपत्ता कर्मचारी वा कामदारसँगको नाता प्रमाणित हुने प्रमाणपत्र।

२. नजिकको हकवालाको नागरिकता प्रमाणपत्र।

३. हकवाला नाबालक भए जन्मदर्ता प्रमाणपत्र।

४. बेपत्ता व्यक्तिको नजिकको हकवाला भएको व्यहोरा खुल्ने स्थानीय तहको सिफारिसपत्र।

५. हकवालाको बैंक खाता रहेको बैंकको नाम र खाता नम्बर।

६. राहत रकम उपलब्ध गराइदिन अनुरोध गरिएको निवेदन।

प्राधिकरणले राहतसम्बन्धी विस्तृत सूचना तथा जानकारी ‘NEA Information Centre for Rasuwa flood’ नामक ह्वाट्सएप समूहमा राखिएको जनाएको छ।

सम्बन्धित हकवालाले उक्त समूहमा आबद्ध भएर आफ्ना कागजात तथा राहत मागदाबीसम्बन्धी निवेदन सोही माध्यमबाट पनि पेस गर्न सक्ने प्राधिकरणले जनाएको छ।

बाढीका कारण बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारलाई राहत उपलब्ध गराउने प्रक्रिया


Read Previous

स्वीकृतिबिनै इन्टरनेट प्याकेज बिक्री गर्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar