Nepal Purbadhar

बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट पुनः सञ्चालनमा


काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित नेपाल टेलिकमका थप ३ ओटा साइट पुनः सञ्चालनमा आएका छन्। मंगलबार धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार थप्रेक र पुसनटार साइट सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ।

कल्लेरी साइट सञ्चालनमा आएसँगै आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी र बेल्टारलगायत स्थानका सेवाग्राही लाभान्वित हुनेछन्।

त्यस्तै, भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी र रालुकादेवी तथा पुसनटार साइटबाट पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली र भुवानीवेशीलगायत क्षेत्रका सेवाग्राहीले सेवा पाउनेछन्।

यी ३ ओटा साइट सञ्चालनमा आएसँगै बाढीबाट प्रभावित नेपाल टेलिकमका १२० मध्ये ११३ ओटा साइट सञ्चालनमा आएका छन्।

नेपाल टेलिकमका अनुसार यससँगै बाढीअघि नेटवर्क उपलब्ध रहेका सबै स्थानमा पुनः नेटवर्क पहुँच स्थापित भएको छ।

बाढीका कारण आंशिक क्षमतामा सञ्चालन भइरहेका साइटलाई समेत क्रमिक रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने काम भइरहेको टेलिकमले जनाएको छ।


Read Previous

भोटेकोशी बाढीः ३२४ विदेशी नागरिकको उद्धार, ३९ देशका ५९० अझै सम्पर्कविहीन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar