
काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। सुनको मूल्य प्रतितोला ९ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २६० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ रुपैयाँ निर्धारण भएको छ।
बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।
यसअनुसार एकैदिन सुनको मूल्य प्रतितोला ९ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २६० रुपैयाँले वृद्धि भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ५१२ अमेरिकी डलर तथा चाँदी प्रतिऔंस ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

