Nepal Purbadhar

मन्त्रिपरिषद्का १० निर्णय: शिक्षकको तलब बढाउने देखि जापानको २ अर्ब ७३ करोड अनुदान लिनेसम्म


काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ भदौ ३ गते बसेको बैठकले विभिन्न १० ओटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकले शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि, जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ अनुदान स्वीकार गर्नेदेखि विभिन्न विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको छ।

सरकारका मुख्य निर्णय:

. सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ स्वीकृत गर्ने।

२. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने नेपाली रुपैयाँ करिब २ अर्ब ७३ करोड अनुदान सहायता स्वीकार गर्ने।

३. २०८३ भदौ ४ र ५ गते भारतमा आयोजना हुने सम्बन्धित बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने।

४. Asian Disaster Preparedness Center को Sub-Center नेपालमा स्थापना गर्न स्वीकृति प्रदान गर्ने।

५. संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउन स्वीकृति प्रदान गर्ने।

६. प्रारम्भिक बालविकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने।

त्यस्तै, माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको सुरु तलब बराबर कायम गर्ने निर्णय भएको छ।

७. नेपाल सरकार र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति प्रदान गर्ने।

८. भुक्तानी तथा फस्यौंट ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने।

९. नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने।

१०. सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने।


Read Previous

शिक्षक, ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको तलब बढ्यो, वार्षिक ४ अर्ब ६८ करोड दायित्व थप

Read Next

गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानका लागि गृहमन्त्रीले खोजे ऊर्जामन्त्रीको साथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar