Nepal Purbadhar

पटका पड्काउँदा छर्रा लागेर पर्सामा ८ वर्षीय बालकको मृत्यु


काठमाडौं। पर्सामा पटका पड्काउने क्रममा छर्रा लागेर ८ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पकाहामैनपुर गाउँपालिका-२ का कुन्दन सहनी रहेका छन्।

पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार सोमबार बिहान करिब ८ बजे आफ्नै घरअगाडि पटका पड्काउने क्रममा बालकको छातीमा छर्रा लागेको थियो।

बालकले फलामको पाइपभित्र राखेर पटका पड्काउँदा पाइपको दुवैतर्फबाट छर्रा निस्किएर उनको छातीको बीच भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो। तर, चिकित्सकले बिहान ८:४५ बजे उनलाई मृत घोषणा गरेका थिए।

तिहार तथा अन्य चाडपर्वमा पटका पड्काउँदा हुने दुर्घटनाले बालबालिकाको सुरक्षामा गम्भीर जोखिम निम्त्याउने भएकाले अभिभावकलाई विशेष सावधानी अपनाउन आवश्यक देखिएको छ।


Read Previous

लक्ष्मी पूजाको रात झिलिमिली देखियो काठमाडौं उपत्यका

Read Next

दैलेखमा बिरामी बोकेको जीप ३०० मिटर तल खस्यो, एकको मृत्यु, चालकसहित पाँच घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar