Nepal Purbadhar

५६ लाखमै आयो ७ सिटे डेरियन एमपीभी, नाइमा एक्सपो मै बुक गरे २ लाख छुट


काठमाडौं। नेपाली बजारमा वुलिङको ७ सिटे विद्युतीय एमपीभी डेरियन ईभी सार्वजनिक भएको छ। नेपालका लागि वुलिङको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा डेरियन बिक्री सुरू गरेको हो।

डेरियन एमपीभीको आधिकारिक मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नाइमा अफरअन्तर्गत ग्राहकले २ लाख रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ।

डेरियनमा ६९.२ किलोवाट आवरको लिथियम ब्याट्री छ। कम्पनीका अनुसार यसले एकपटक फुल चार्जमा ५४० किलोमिटरसम्म रेन्ज दिन्छ।

गाडीको लम्बाइ ४,९१० मिलिमिटर, चौडाइ १,८७० मिलिमिटर, उचाइ १,७७० मिलिमिटर र ह्वीलबेस २,९१० मिलिमिटर छ।

डेरियनमा दुवै साइड इलेक्ट्रिक स्लाइडिङ डोर, १२.८ इन्च टचस्क्रिन, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड क्याप्टेन सिट, ५० वाट वायरलेस चार्जर, इलेक्ट्रिक टेलगेट, भ्वाइस कमान्ड र प्यानोरामिक सनरुफ जस्ता सुविधा छन्।

सुरक्षातर्फ ६ ओटा एयरब्याग, एबीएस, ईबीडी, ईएससी र टायर प्रेसर मोनिटरिङ सिस्टम उपलब्ध रहेको कम्पनीले जनाएको छ।


Read Previous

नेपालमै एसेम्बल भएको अल न्यु भेन्यु बिक्री सुरू, यस्तो छ मूल्य

Read Next

सरकारले निजी क्षेत्रलाई विश्वास नगर्ने हो भने निजी क्षेत्रले पनि सरकारलाई विश्वास गर्दैन: अध्यक्ष वैद्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar