Nepal Purbadhar

फाईल तस्बीर।


ट्राफिक नियम उल्लङ्घनमा एकैदिन २ हजार ३०० चालक कारबाहीमा, तिरे २० लाख ८४ हजार

काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ३०० सवारीचालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। उक्त कारबाहीबाट राज्यकोषमा २० लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०४ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १७७ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १४७ जना तथा तीव्र गतिमा सवारी चलाउने १०५ जनालाई कारबाही गरिएको हो।

त्यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने ५६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १५२ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ११३ जना, एकतर्फी सडकमा सवारी चलाउने १४१ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३०५ जनामाथि पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा र सवारी अनुशासन कायम गर्न नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।


Read Previous

खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणबारे गठित वार्ता समिति पुनर्गठन, शाही संयोजक

Read Next

बजेटले ऊर्जा क्षेत्रलाई सही दिशा दिने आश, तर कार्यान्वयनमा इप्पानको शंका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar