Nepal Purbadhar

काठमाडौं महानगरपालिकाले थाल्यो पुराना फोटाहरूको प्रदर्शनी अभियान


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले नेपाल फोटो फाउन्डेशनको सहकार्यमा ‘हिजोको नेपाल’ नामक पुराना फोटाहरूको प्रदर्शनी अभियान सुरु गरिएको छ।

सोमबार बाफलस्थित ज्ञानोदय माविबाट सुरु गरिएको अभियान अन्तर्गत नेपाली समाज, शिक्षा, संस्कृति, चाडपर्व, मुद्रा, ऐतिहासिक घटनाक्रमलगायतका २८० भन्दा बढी पुराना तस्वीरहरू प्रदर्शनमा राखिएका छन्।

कार्यक्रम ज्ञानोदय मावि बाफलपछि विश्वनिकेतन मावि त्रिपुरेश्वर, रत्न राज्यलक्ष्मी मावि बानेश्वर, शिवपुरी मावि बालुवाटार र कन्या मन्दिर मावि न्योखामा सञ्चालन हुनेछ।

फोटाहरू १९२० सालदेखि हालसम्मका हुन्। अभियान जेठ महिनाभित्र सम्पन्न गरिनेछ।


Read Previous

बन्दको मौका छोपेर राइड सेयरिङ कम्पनीले बढी भाडा उठाए, ट्राफिक प्रहरी भन्यो-बढी भाडा लिए खबर गर्नुस्

Read Next

बन्दको मौका छोपेर चर्को भाडा असुल्दै राइड सेयरिङ