Nepal Purbadhar

मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024

मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

सबै स्थानीय तहको केन्द्रसम्म ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच 


काठमाडौं । सरकारले हाल ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म पु¥याएको छ । प्रतिनिधिसभाको आइतबारकाे  बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण २०८०/८१ प्रस्तुत गर्दै ब्रोडब्यान्ड इन्टरनेट सेवा स्थानीय तहका पाँच हजार ९ सय ५१ वडा केन्द्रमा विस्तार गरिएको बताएका हुन् ।

त्यसैगरी, ४ हजार २ सय ७२ स्वास्थ्य केन्द्र र ५  हजार ३ सय ४१ सामुदायिक माध्यमिक विद्यालयमा समेत ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार भएको छ । सबै सरकारी कार्यालयको वेबसाइटमा एकरुपता कायम गर्न वेबसाइटको साझा ढाँचा निर्माण गर्नाका साथै हालसम्म सो प्रणालीमा दुई सय ६३ निकाय आबद्ध भई ६३ निकायले वेबसाइट लाइभ गरेको सरकारले जनाएको छ ।

२०८० फागुनसम्म सरकारी क्लाउडमा रहेका तीन सय ४० सरकारी निकायमा सूचना प्रविधि प्रणाली उपयोगका लागि आठ सय ३८ भर्चुअल मेसिन सञ्चालन रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । २०८० फागुन महिनासम्ममा दैनिक सात सय ६५, अर्धसाप्ताहिक ३९, साप्तिाहिक २ हजार ९ सय ८५ र अन्य दैनिक सात सय ९३, अर्धसाप्ताहिक ४०, साप्ताहिक दुई हजार नौ सय ७५ र अन्य चार हजार एक सय ३६ गरी जम्मा सात हजार नौ सय ४४ पत्रपत्रिका दर्ता भएको पनि सर्वेक्षणमा उल्लेख छ ।

भाषागत रुपमा हालसम्म सात हजार नौ सय ९७ पत्रपत्रिका दर्ता भएका छन् र दर्ता भएका पत्रपत्रिकामध्ये नेपालीभाषाका सबैभन्दा बढी ५  हजार ३ सय ७६ र राई भाषाका सबैभन्दा कम दुई रहेका छन् । कतार एयरवेज र सिङ्गापुर एयरलाइन्ससँग २८ देशमा अन्तर्राष्ट्रिय डाँक ढुवानीका लागि सम्झैता भई ढुवानी कार्य भइरहेको छ । द्रूतडाँक सेवा हालसम्म ४४ जिल्लाको ६५ स्थानमा विस्तार भएको छ ।

अन्तर्राष्ट्रिय हवाई द्रूतडाँक सेवा हालसम्म ३९ देशमा विस्तार भएको छ । रेडियो नेपालको पहुँच ९३.० प्रतिशत जनसङ्ख्यामा पुगेको छ । रेडियो नेपालको प्रसारण क्षमता विस्तारको लागि चालु आर्थिक वर्षको फागुनसम्म जुम्दला, रुकुमपश्चिम र मुस्ताङमा रिले एफएम स्थापना भएसँगै रिले एफएम केन्द्रको सङ्ख्या ३२ पुगेको छ ।

अवलम्बन गरेको समावेशी नीतिअनुरुप रेडियो नेपालबाट विभिन्न ३२ भाषामा समाचार र २१ भाषामा कार्यक्रम प्रसारण हुँदै आएको छ । हालसम्म नियमित प्रसारणमा रहेका एफएम र टेलिभिजनको सङ्ख्या क्रमशः सात सय २० र एक सय ६ रहेको छ ।


Read Previous

माग अनुसार विद्युत आपूर्ति नहुँदा पर्सा र बाराका उद्याेग समस्यामा   

Read Next

सिँचाइका लागि अनुदानमा स्यालोट्युबवेल   

Leave a Reply

Your email address will not be published. Required fields are marked *