Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई इपानकाे आग्रह


नयाँ दिल्ली । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले भारतीय व्यवसायीलाई नेपालकाे जलविद्युतमा लगानी गर्न आग्रह गरेकाे छ । नयाँ दिल्लीस्थित भारतका लागि  नेपाली दूतावासले बुधबार आयोजना गरेको ’दि पावर समिट २०२४’ मा सहभागी इपान पदाधिकारीले भारतीय व्यवसायीलाई नेपालकाे जलविद्युतमा लगानी गर्न आग्रह गरेका हुन् ।

कार्यक्रमलाई सम्बाेधन गर्दै इपान अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा भारतीय कम्पनीहरुलाई लगानी र व्यापारका लागि  अहिले ठूलो अवसर रहेकाे बताए । उनले धेरै ऊर्जाका सयाैं आयोजना  अघि बढेकोले भारतीय लगानीकर्ता र व्यवसायीले पनि याे अवसरकाे उपयाेग गर्नुपर्नेमा जाेड दिए ।

‘नेपालमा सन २०३५ सम्ममा २८ हजार ५ सय  मेगावाट विद्युत उत्पादनको लक्ष्यसहितको मार्गचित्र तयार भैसकेको छ, यसले भारतीय लगानीकर्ताहरुलाई लगानीको लागि ठूलो अवसर निर्माण भएको छ, ऊर्जामा उपयोग हुने अधिकांश प्रविधिदेखि मेशिन र उपकरणहरु समेत भारतबाटै आउने हुनाले व्यापार र व्यवसायका लागि पनि ठूलो अवसर सिर्जना हुँदैछ ,’ उनले भने ।

नेपालले उत्पादन गर्ने उक्त परिमाणबो विद्युत मध्ये १५ हजार मेगावाट भारत र बंगलादेशमा निर्यात गर्ने उद्देश्य राखेको र भर्खरै मात्र नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत खरिद विक्रीको दीर्घकालिन विद्युत व्यापार सम्झौता भएकोले भारतीय लगानीकर्ताले आँखा चिम्लेर नेपालमा लगानी गर्दा पनि फरक नपर्ने कार्कीको भनाई थियो ।

नेपालमा अहिले करीब ३ हजार मेगावाट विद्युत उत्पादन हुँदा २ हजार ३ सय मेगावाट निजी क्षेत्रबाट मात्रै उत्पादन भइरहेको, ३ हजार मेगावाट बढी निर्माणाधीन, ३ हजार ६ सय मेगावाटका आयोजना वित्तीय व्यवस्थापनको पर्खाइमा रहेकाे उनले बताए । १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेकाे पनि कार्कीले बताए ।

सबै गरेर ३० हजार मेगावाटका विद्युत आयोजनाहरु विभिन्न चरणमा रहेको र तत्कालै लगानी गरेर विकास गर्न सकिने ‘रेडि टु गो’ आयोजनाको संख्या समेत धेरै रहेकोले भारतीय लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न कार्कीले आग्रह गरे ।

ऊर्जा उत्पादकहरुको छाता संस्थाको हैसियतले इप्पानले नेपाल आउने जोसुकै लगानीकर्तालाई पनि सहजीकरण र सहयोग गर्ने उनले बताए । अहिले नेपाल र भारतबीच अन्तरदेशीय विद्युत व्यापार सम्झौता अन्तर्गत १ हजार मेगावाटसम्म विद्युत आदान प्रदान भइरहेको स्मरण गराउँदै कार्कीले नेपालकाे निजी क्षेत्र पनि भारतीय निजी क्षेत्रसँग मिलेर ऊर्जा विकासमा सहकार्य गर्नुका साथै विद्युत व्यापारका लागि तयार  रहेकाे बताए ।

उनले भारतसँगको विद्युत आदानप्रदानका लागि नेपालमा ५ वटा कम्पनी स्थापना भइसकेको र अनुमतिपत्र कुरिरहेको समेत बताए । कार्कीले आगामी बैशाख १२, १३ र १४ ( अप्रिल २४,२५ र २६ ) मा इपानले हिमालयन हाइड्रो एक्स्पोको आयोजना गरिएको जानकारी दिँदै यसमा सहभागी हुन लगानीकर्ता, उत्पादनकर्ता, आपूर्तिकर्ता लगायतलाई आग्रह गरे ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले नेपालमा ऊर्जामा लगानी गर्नका लागि उपयुक्र्त वातावरण रहेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे । ‘अहिले नेपालमा ऊर्जामा लगानी गर्नका लागि उपयुक्त वातावरण बनेको छ, लगानी सम्मेलनलाई लक्षित विभिन्न कानूनहरु समेत शंसोधन हुन लागेका छन्, अझ सहज वातावरण बन्दैछ ,’ उनले भने, ‘नेपालमा धेरै लगानीयोग्य आयोजना छन्, ढुक्क भएर लगानी गर्दा हुन्छ ।’

समिटमा भारतको ऊर्जा मन्त्रालयका श्रीकान्त नागुलापालीले ऊर्जामा दुई देशबीच सहकार्य, समन्वय र सहजीकरण भईरहेको र भविष्यमा पनि यसैगरी अघि बढ्ने बताए । अडानी ग्रुपका उपाध्यक्ष जयरामन पुनीधानले नेपालमा ऊर्जामा लगानीको ठूलो सम्भावना देखेको बताउँदै लगानीको लागि आफूहरु इच्छुक रहेको बताए ।

लगानी बोर्डका सह(सचिव बाबुराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै लगानी सम्मेलनमा आउन आह्वान गरे । केयर रेटिङ लिमीटेडका बरिष्ठ निर्देशक सव्यासची माजुमदारले नेपालको ऊर्जा विकासका लागि रेटिङ महत्वपूणर् हुने बताए । समिटमा नेपाल र भारतका ऊर्जासँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रका १५० भन्दा बढी प्रतिनीधिहरुको सहभागिता रहेको छ ।


Read Previous

विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न ग्लोबल आइएमई बैंक र जीआइजेडबीच सम्झौता

Read Next

धनगढी-दिपायल द्रुतमार्गमा कालोपत्रकाे काम सुरु

Leave a Reply

Your email address will not be published.