Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

पर्यटकीय गतिविधि बढाउन नगरकोटमा तीन दिने सडक महोत्सव हुँदै   


भक्तपुर । भूकम्प र कोरोना महामारीका कारण शिथिल नगरकोटमा पर्यटकीय गतिविधि बढाउन यही कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव आयोजना गरिनेभएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिले सडक महाेत्सव गर्न लागेकाे हाे ।

नगरकोटमा आयोजना हुने महोत्सवको तयारी पूरा भएको समितिका अध्यक्ष नवीन गुरुङले जानकारी दिए । उनका अनुसार नगरकोटलाई आन्तरिक तथा बाह्य पर्यटनको मुख्य केन्द्र बनाउन, पर्यटकको सङ्ख्या बढाउन र रैथाने वस्तुका उत्पादनकर्तालाई लाभान्वित गर्न महोत्सवको आयोजना गर्न लागिएकाे हाे ।

नगरकाेटका होटल तथा रेस्टुरेन्ट व्यवसायी र स्थानीय रैथाने उत्पादकको संलग्नतामा हुने महोत्सवमा स्थानीय किसान र साना व्यवसायीसँगै होटल तथा रेस्टुरेन्टका लागि २५ वटा कक्ष बुक भएको बताए । महोत्सवमा आउने पर्यटकले स्थानीय रैनाथे खानाको स्वादसँगै राष्ट्रिय एवं स्थानीय कलाकारको विभिन्न प्रस्तुतिसमेतको सांस्कृतिक कार्यक्रम हुने उनकाे भनाइ छ ।

महोत्सवमा चङ्गा चेट प्रतियोगिता समेत हुने भएको छ । नगरकोट बसपार्क नजिकैको नगरकोट चोकमा हुने महोत्सवको अवधि भर यहाँका ठूला तथा साना होटलले बसाइमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ । अध्यक्ष गुरुङले केही होटलले आन्तरिक रुपमा त्यसभन्दा बढी पनि छुट दिनसक्ने बताए ।

चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं समितिका उपाध्यक्ष धनबहादुर तामाङले नगरकोटमा दिगो पर्यटन विकास गरी स्थानीय कला, संस्कृतिलाई पर्यटनसँग जोडेर यहाँको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउन महोत्सव सफल हुने बताए ।

उनले चाँगुनारायण नगरपालिकाले २०८२ साललाई पर्यटन वर्ष मनाउने नीति अघि सारेको र त्यसका लागि नगरपालिकाले यसवर्ष पर्यटन पूर्वाधारको विकासका लागि रु एक करोड बजेट विनियोजन गरेको बताए ।

समितिका अध्यक्ष गुरुङका अनुसार नगरकोटमा एकदेखि चार स्टारसम्मको ८२ वटा होटल तथा रिसोर्ट सञ्चालनमा छन् । चाँगुनारायण, मण्डनदउपुर, बनेपा र शङ्करापुर नगरपालिकाले महोत्सवमा सहयोग गर्ने भएका छन् ।


Read Previous

महाकाली सिँचाइ : पानी छाड्न मूल नहर सफाइ गरिँदै  

Read Next

संघीय संसद भवन निर्माण छिट्टै पूरा गर्न सभामुखकाे निर्देशन   

Leave a Reply

Your email address will not be published.