Nepal Purbadhar

प्रधानमन्त्रीकाे निर्देशनपछि निगमद्वारा पेट्रोलियम पर्दाथको मूल्य वृद्धि फिर्ता


काठमाडौं । केही समय यता पेट्राेलिमय पदार्थकाे स्वचालित मूल्य प्रणाली लागु गर्दै आएकाे नेपाल आयल निगमले शनिबार बढाएर गरेकाे मूल्य समायाेजन फिर्ता लिएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहालकाे निर्देशनपछि निगमले आइतबार नै पेट्राेल, डिजेल, ग्यास, हवाइ इन्धनमा बढाएकाे मूल्य यथावत राख्ने निर्णय गरेकाे हाे ।

यसअघि मन्त्रिपरिषदकाे बैठक बसी पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि फिर्ता लिने निर्णय गरेकाे थियाे । निगमले आइतबार नै विज्ञप्ती जारी गरी प्रेट्राेलियम पदार्थ तथा ग्यासकाे स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० मा भएकाे व्यवस्था बमाेजिम शनिबार बढाएर समायाेजन गरिएकाे मूल्य फिर्ता लिएकाे हाे ।

निगमले चाडपर्व नजिकिँदै गर्दा उपभाेक्ताकाे हितलाई ध्यानमा राखी हालै भारतबाट बढेर आएकाे मूल्यकाे घाटा मूल्यस्थिरिकरण काेष तथा सरकारबाट प्राप्त हुने रकमबाट परिपूर्ति गर्ने गरी पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि फिर्ता लिइएकाे निगमकाे विज्ञप्तीमा जनाइएकाे छ ।

यसअघि मन्त्रिपरिषद बैठककाे निर्णयपछि प्रधानमन्त्री दाहाल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न निगमलाई निर्देशन दिएका थिए । निगमले शनिबार पेट्रोल र डिजलमा प्रतिलिटर ६ रुपैयाँ, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, आन्तरिक  र अन्तर्राष्ट्रिय हवाई इन्धन  प्रतिलिटर ८ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएकाे थियाे ।


Read Previous

सिँचाइ तथा नदि नियन्त्रण व्यवस्थापन आयोजनाको उद्घाटन

Read Next

जीर्ण भयो राजविराज–हनुमाननगर सडक