Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

साहसिक पर्यटनलाई लक्षित गर्दै चिनियाँ ब्राण्ड ‘होम्तो’ नेपालमा


काठमाडौँ । नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । मनसुन सकिएर पर्यटकीय सिजन सुरु हुनै लाग्दा पर्यटन क्षेत्रमा चहलपहल बाक्लिएको छ । गत जेठ ३१ गते प्रवेश गरेको यस वर्षको मनसुन यही असोज १५ गते सकिँदैछ । मनसुनपछि पर्यटकीय गतिविधि बढ्नुका साथै दसैँ, तिहार, छठलगायत महत्वपूर्ण पर्वले पर्यटन क्षेत्रमा बेग्लै रौनक ल्याउने गर्दछ ।

पदयात्राका लागि अहिले उपयुक्त मौसम पनि हो । मनास्लुलगायत हिमाल तथा चुली आरोहणमा स्वदेशी तथा विदेशी आरोही गन्तव्यमा लम्किरहेका छन् । पदयात्राका लागि विभिन्न मुलुकबाट आउने विदेशी पर्यटकको सङ्ख्या विस्तारै बाक्लिदै छ । प्रमुख पर्यटकीय क्षेत्र काठमाडौँको ठमेल, पोखरा, चितवनलगायत गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटक गन्तव्यमा निस्किन चाँजोपाँजो मिलाइरहेका छन् । यस सिजनमा मुख्यगरी पदयात्री पर्यटकका अत्यावश्यक सामग्रीको व्यापार बढी हुने व्यापारीहरु बताउँछन् । पदयात्रामा चाहिने सामग्री र उपकरण खरिद गरी आवश्यक बन्दोबस्ती गर्नेको भीड लाग्ने गर्दछ ।

साहसिक पर्यटनलाई लक्षित गर्दै आवश्यक पोसाक, उपकरणलगायत सामग्री एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले नेपालमा चिनियाँ ब्राण्ड ‘होम्तो’ आउटडोर स्पोर्टस काठमाडौँमा सुरु भएको छ । नयाँसडकस्थित नेपा कम्प्लेक्समा आज शुभारम्भ गरिएको उक्त ब्राण्डको नेपाली अल्ट्रा धाविका मीरा राई, तेक्वान्दो खेलाडी आयशा शाक्य र राष्ट्रिय फुटबल टोलीका सदस्य बिकेस कुथुले उद्घाटन गरे ।

विश्वका ४० भन्दा बढी मुलुकमा आफ्नो उपस्थिति जनाइसकेको होम्तोले नेपालमा पनि सेवा विस्तार गरेको हो । दरबारमार्ग ठमेल, पोखरालगायत स्थानमा ब्राण्डको शाखा विस्तार गरिने योजना रहेको होम्तो नेपालका अध्यक्ष सुदर्शन न्यौपानेले बताए । उचित मूल्यमा गुणस्तरीय अन्तर्राष्ट्रिय ब्राण्ड नेपाली उपभोक्तालाई पुर्‍याउने उद्देश्यले नेपालमा होम्तो भित्र्याइएको उनको भनाइ छ । उनका अनुसार कम्पनीले विशेष गरेर पदयात्राका लागि आवश्यक जुत्ता, कपडा, बोतल, पाललगायत सामग्री उत्पादन गर्ने गरेको छ ।


Read Previous

महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

Read Next

संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै होः मन्त्री शर्मा

Leave a Reply

Your email address will not be published.