Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनाकाे बीमा भुक्तानी र पुनर्कर्जा व्यवस्थापन गरियाेस्


गत जेष्ठ ३२ गतेदेखि असार ३ गतेसम्म आएको अविरल वर्षाले पूर्वि नेपालका पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुर जिल्लामा बहने नदी तथा खोलामा भीषण बाढी आयो । वर्षासँगैको बाढी र पहिरोले यी जिल्लामा ठुलो परिमाणमा जनधनको क्षति पुर्यायो । मेची राजमार्गमा पर्ने हेवाखोलाको पुल बहायो ।

यो बाढी र पहिरोबाट सबैभन्दा बढी यी जिल्लमा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरू पूर्णरूपमा प्रभावित हुन पुगेका छन् । बाढीबाट अधिक क्षति भएका आयोजनाहरूमध्ये विद्युत उत्पादन गरिरहेका १३ जलविद्युत आयोजना तथा निर्माणाधीन १७ वटा जलविद्युत आयोजना छन् । अन्य आयोजनाहरुमा पनि क्षति भएको छ ।

सञ्चालनमा रहेका १३ जलविद्युत आयोजनामा क्षति पुग्दा यी आयोजनाको विद्युत उत्पादन अहिले बन्द छ । विद्युत उत्पादन हुन नसक्दा यी आयोजनाले नियमित आय गुमाइरहेका छन् । यी आयोजनाको मर्मत तथा संभार गरेर पुनः संचालनको लागी थप लागत र समय लाग्ने भएको छ । विद्युत बिक्रीबाट हुने आम्दानी रोकिँदा जलविद्युत प्रवर्द्धकहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज र नियमित किस्ता भुक्तान गर्न सकिरहेका छैनन् ।

यी आयोजनाको पुननिर्माणका लागि ठुलो रकम लगानी गर्नु पर्ने अवश्यकता देखिएको छ । यसका लागी बैंकहरूबाट लिएको कर्जाको भुक्तानी तालिकालाई पुर्नतालिकीकरण गर्ने आयोजना निर्माणको लागी बैंकहरूबाट थप कर्जा तथा नेपाल राष्ट्र बैंकबाट पुनरकर्जाको माग निजी क्षेत्रले गरिरहेको छ तर, कार्यान्वयन हुन सकेको छैन ।

बाढीबाट क्षतिपुगेका जलविद्युत आयोजनाका प्रवबद्र्धक कम्पनीलाई नियमितरूपमा ऋणको ब्याज तिर्न नसकेका कारण ती कम्पनी बैंकको कालोसूचिमा पर्ने सम्भावना बढेर गएको छ । बैंकबाट कर्जा नपाँउदा क्षतिग्रस्त जलविद्युत आयोजना मर्मत गरेर पुनः संचालन गर्ने काममा ढिलाई भईरहेको छ ।

वर्षा कम हुँदै गएकाले विस्तारै मौसम सफा हुन थालेको तथा काम गर्ने सिजन सुरु भएको हुँदा यी आयोजनाको छिटो मर्मत गरेर पूर्ववत विद्युत उत्पादन गरेर बैंकको कर्जाको सावाँ तथा ब्याज भुक्तान गरेर जलविद्युत आयोजनाहरूको बचाऊ गर्ने बाहेक जलविद्युत विकास कर्मीहरूसँग अर्को विकल्प छैन ।

बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका कारणले जलविद्युत आयोजनाहरूमा भएको नोक्सानको सम्बन्धित बीमा कम्पनीले क्षतिपुर्ति दिनुपर्ने हो । जलविद्युत कम्पनीहरूले आफ्ना जलविद्युत आयोजनाको संरचना तथा प्राकृतिक प्रकोपबाट हुने क्षति तथा नोक्सानीको समेत बीमा गरी नियमित वार्षिक प्रिमियम बुझाइरहका छन् । तर, बीमा कम्पनीहरूले यो वा त्यो बहाना बनाएर प्राकृतिक प्रकोपबाट जलविद्युत आयोजनामा भएको क्षतिको भुक्तानी दिन आलटाल गरिरहेका छन् ।

दुर्घटना घटेको २४ घण्टाभित्र बीमा कम्पनीको प्रतिनिधि परियोजनास्थल पुग्नु पर्ने र सो को जाँचबुझ गरी १५ दिन भित्र क्षतिपुर्तिको रकम दिलाउने कानून बनाई जलविद्युतकर्मीहरूको बचाऊ गर्न नेपाल सरकार अर्थमन्त्रालय समक्ष निजी क्षेत्र निवेदन गर्दछ । बीमा कम्पनीले सुरुमै प्रिमिय लिएर जारी गरेको बीमालेखको आधारमा दुर्घटनाको क्षतिपुर्ति दिनुपर्ने व्यबस्था भएपनि समयमा क्षतिपुर्तिको भुक्तानी दिन ढिलाई गरिरहेको हुँदा यस्को कानूनी उपचार खोज्न आवश्यक भएको छ । ता की यस प्रकारको समस्या भावी दिनमा कसैले भोग्नु नपरोस् । कुनै जलविद्युत आयोजनामा क्षति भएपछि नेपालका बीमा कम्पनीहरूले यो वा त्यो व्यक्तिलाई सर्भेयर तोक्ने र निजको प्रतिवेदन आएको छैन भनेर वर्षौं झुलाउने गरेका छन् । यसमा सर्भेयर होईन कि बीमा कम्पनीका पदाधिकरीहरूलाई जिम्मेवार बनाउनु आवश्यक छ ।

यी जिल्लमा निर्माणाधीन मध्ये १७ जलविद्युत आयोजना बाढीको प्रभावले नराम्ररी प्रभावित भएका छन् । बाढीबाट प्रभावित यी आयोजना अब तोकिएको समयभित्र सम्पन्न हुन सक्ने अवस्था छैन । यी जलविद्युत आयोजनाको निर्माण पूरा गरी विद्युत उत्पादन सुरु गर्न बढीमा अझै २ वर्षसम्मको समय लाग्ने अनुमान गरिएको छ । यसका लागी यी आयोजनले विद्युत उत्पादन सुरु गर्नु पर्ने मिति Required Commercial Operation Date (RCOD) मा समय थप गरि दिनु पर्नेछ । यी निर्माणाधीन आयोजनाको निर्माण पूरा गर्न थप कर्जा तथा पुनरकर्जाको व्यबस्था गर्न आवश्यक छ ।

यी समस्याहरू दर्शाउँदै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले सबैसँग पुर्नकर्जाको व्यवस्था गरिदिन सम्बन्धित निकायलाई अपिल गरिरहेको छ । सहयोगको माग गरिरहेको छ । इपान पदाधिकारीले सम्मानीय प्रधानमन्त्रीज्यूलाई समेत भेटी यस विपतको समाधानका लागी सहयोगको माग गरेका छन् । प्रधानमन्त्रीज्यूबाट आश्वान प्राप्त गरेका ऊर्जा उद्यमीहरू आश गरेर बसेको पनि लामै समय व्यतित भइसक्यो । अब छिटै जलविद्युतकर्मीले सरकार र सम्बन्धित निकायसँग राखेको राहतको माग पूरा गरिनु पर्छ ।

जलविद्युत कम्पनीहरूले बाढीबाट आक्रान्त भएका आफ्ना जलविद्युत आयोजना बिग्रीएर बन्द भएपछि तीनको मर्मत सम्भार गरेर संचालन गर्न २ वर्षसम्म लाग्ने हुँदा सो अवधिको लागी बैंकबाट लिएको कर्जा तिर्न नसकिने हुँदा उक्त कर्जाको पुनरतालिकीकरण गरि दिन अनुरोध गरेका छन् । उक्त अवधिमा बैंकलाई तिर्नु पर्ने कर्जाको ब्याजमा सहुलियत होस् र यसको लागी पुनरकर्जाको सुविधा पाउँ भनी माग गरिएको छ । असारको त्रयमासको ब्याज र किस्ता तीर्न नसकेर आयोजनाहरू समस्यामा रहेका छन् ।

बीमा कम्पनीले जलविद्युत आयोजनाको क्षतिको छिटो मुल्यांकन गरी क्षतिपुर्ति तथा केही रकम पेश्की दिएर काम सुरु गर्न तत्काल सहयाग गर्नुपर्छ । क्षतिपुर्ति दावीको केही अंश पेश्कीमा पाएमा प्रवद्र्धकलाई काम गर्न सजिलो हुनेछ ।

जलविद्युत आयोजनाको बीमाको क्षति यसप्रकारको आयोजनाको हकमा Global Warming का कारणबाट भएको हुँदा Climate Fund बाट पनि क्षतिपुर्ति पाउने व्यवस्था गर्नु आवश्यक छ । यस वर्षको वर्षात विस्तारै कम हुँदै गएको हुँदा हामी विद्यतु उत्पादनकर्मीहरू छिटो आयोजना निर्माण पूरा गरी सञ्चालन गर्न चाहन्छौं । यसका लागि सबैले सहयोग गर्न अग्रसरता देखाइदिनु पर्छ ।

 बाढीले क्षतिग्रस्त निर्माणाधीन जलविद्युत आयोजना अनुमानित विवरण

क्र.सं आयोजनाको नाम जडित क्षमता (मेगावाट) प्रवर्द्धक कम्पनी अनुमानित आर्थिक क्षति (करोडमा)
१. सुपर हेवाखोला         ६ सुपर हेवा पावर कम्पनी    ८०
२. पिलुवा खोला          ४ माबिलुङ इनर्जी कम्पनी      १०
३. सबा खोला बी        १५.१ ओरबिट इनर्जी कम्पनी     ५
सबाखोला सी        ४.२ ओरबिट इनर्जी कम्पनी      ३
इंगुवा खोला        ९.७ इंगुवा हाइड्रोपावर लिमिटेड  ५०
सुपर काबेली ए        १३.५ स्नो रिभर्स प्रालि
सुपर काबेली क्यासकेड         १२ हिल्टन हाइड्रो इनर्जी

लिमिटेड

काबेली–३       २१.९३ काबेली हाइड्रोपावर कम्पनी
काबेली ए      ३७.६ काबेली इनर्जी लिमिटेड १५
१० हेवा खोला ए साना     ७.५    अविता पावर कम्पनी
११ इसुवा खोला    ९७.५ केबिएनआर इसुवा पावर कम्पनी ५०
१२ इसुवा क्यासकेड    ४०.१ इसुवा पावर कम्पनी
१३ तल्लो इर्खुवा    १४.१ लोअर इर्खुवा हाइड्रोपावर कम्पनी
१४ माथिल्लो इर्खुवा १४.५ आराै पावर कम्पनी
१५ फेदी खोला ३.५ फेदी खोला हाइड्रोपावर कम्पनी
१६ सभा खोला ए ०.४ दिपसभा हाइड्राेपावर कम्पनी
१७ इर्खुवा बी १२.२ बाराही मल्टी इनर्जी प्रालि
  कूल ३२६.८३   २६२

क्षतिग्रस्त सञ्चालित जलविद्युत आयोजनाको अनुमानित विवरण

क्र.सं आयोजनाको नाम जडित क्षमता (मेगावाट) प्रवर्द्धक कम्पनी अनुमानित आर्थिक क्षति (करोडमा)
माथिल्लो हेवा ८.५  अप्पर हेवा प्रालि ५०
हेवा खोला ४.४५ बरूण हाइड्रो डेभलपमेन्ट कम्पनी ३०
पिलुवा ४.७ मेन्छियाम हाइड्रोपावर लिमिटेड ९०
पिलुवा अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनी १०
पिलुवा ०.९९ शुभम् पावर कम्पनी
सभा दिब्यश्वरी हाइड्रोपावर कम्पनी
इवा खोला ९.९ रैराङ हाइड्रो डेभलपमेन्ट कम्पनी
काबेली बी–१ २५ अरुण काबेली पावर कम्पनी ७५
काबेली बी–१ क्यासकेड १० अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनी ५०
१० माथिल्लो हेवा ए १४.९ पाँचथर पावर कम्पनी ७०
११ तल्लो हेवा २२.१ माउन्टेन हाइड्रो नेपाल कम्पनी १००
१२ माया खोला १४.९ माया खोला हाइड्रोपावर कम्पनी
१३ डाउन पिलुवा १०.३ रिभर फल्स हाइड्रोपावर कम्पनी १०
  जम्मा १३२.७४   ५९२

 


Read Previous

लोडसेडिङका कारण क्याम्पसमा पढाउन समस्या

Read Next

नेपालसँग १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव भारतको मन्त्रिपरिषदद्वारा स्वीकृत

Leave a Reply

Your email address will not be published.