
काठमाडौं । काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट देखिएको छ। बिहीबार सुनको भाउ एकैदिन प्रतितोला ५ हजार १ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार उल्लेख्य रूपमा सस्तिएको हो। यसअघि मंगलबारको तुलनामा बुधबार पनि सुनको मूल्य प्रतितोला १० हजार १ सय रुपैयाँले घटेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ४० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा पछिल्ला केही दिनदेखि सुन तथा चाँदीको मूल्य निरन्तर ओरालो लागिरहेका कारण त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरू बताउँछन्।
