Nepal Purbadhar

लक्ष्यअघि आयोजना सम्पन्न गर्ने निर्माण कम्पनीलाई म्याग्दीमा सम्मान


म्याग्दी । म्याग्दीमा विकास आयोजना निर्धारित समयभन्दा अघि सम्पन्न गर्ने ११ निर्माण कम्पनी तथा व्यवसायीलाई गणतन्त्र दिवस–२०८३ को अवसरमा सम्मान गरिएको छ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीको समन्वयमा पूर्वाधार विकास कार्यालय तथा खानेपानी, जलस्रोत तथा सिँचाइ विकास कार्यालयमार्फत सम्पन्न भएका योजनामा योगदान पुर्‍याउने कम्पनीहरूलाई सम्मान गरिएको हो।

पूर्वाधार विकास कार्यालयले सात वटा योजना तथा खानेपानी, जलस्रोत तथा सिँचाइ विकास कार्यालयले तीन वटा योजना लक्ष्यभन्दा अघि सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको जनाएको छ।

कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत चुनौतीपूर्ण भूगोल र संवेदनशील अवस्थाबीच तातोपानी–घाँसा खण्डको सडक सफलतापूर्वक निर्माण सम्पन्न गर्ने शर्मा–गजुरमुखी जेभीलाई पनि सम्मान गरिएको छ।

पूर्वाधार विकास कार्यालयले ओमेन अस्कर निर्माण सेवा (मालिका–५, म्याग्दी), रुप्से बिल्डर्स प्रालि (अन्नपूर्ण–३), सोमरस निर्माण सेवा (बेनी नगरपालिका–२), विपीएल बीएसडी डिपी जेभी (टोखा–१०, काठमाडौँ), मङ्गला कन्स्ट्रक्सन प्रालि (मङ्गला–२), मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रालि (सुन्दरादेवी–२, नुवाकोट) र एसएस बिल्डर्स (बेनी नगरपालिका–८) लाई सम्मान गरेको हो।

त्यसैगरी खानेपानी, जलस्रोत तथा सिँचाइ विकास कार्यालयले रुप्से बिल्डर्स प्रालि (अन्नपूर्ण–३ दाना), महाशक्तिमाया कन्स्ट्रक्सन प्रालि (बेनी नगरपालिका–६) र धौलाश्री निर्माण सेवा (रघुगङ्गा–३ पिप्ले) लाई सम्मान गरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।


Read Previous

इरान–अमेरिका युद्धविरामका लागि अस्थायी सहमति, ६० दिन युद्धविराम विस्तारको प्रयास

Read Next

आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्बाट स्वीकृत, संसदमा पेस हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar