
फाइल तस्बीर
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्य संघीय संसदमा पेस गर्न स्वीकृत गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा र खेलकुद मन्त्री सस्मित पोखरेलले बैठकले बजेटलाई संसदमा पेस गर्न अनुमति दिएको जानकारी दिएका छन्।
यससँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ।
