Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग

रासायनिक मल कारखाना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारी


काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र डीआइएजी इण्डष्ट्रिज जीएमबीएच, जर्मनीबीच विहीबार एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री सुशील भट्ट र डीआइएजी इण्डष्ट्रिज जीएमबीएचका प्रबन्ध निर्देशक बेञ्जामिन बेकरले हस्ताक्षर गरे ।

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार, डीआइएजी इण्डष्ट्रिज जीएमबीएचको प्रस्तावका आधारमा लगानी बोर्डको मिति २०७८ चैत्र १७ मा सम्पन्न ५० औँ बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो । साथै प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा मिति २०७९ चैत ३० मा सम्पन्न लगानी बोर्डको ५३ औँ बैठकबाट स्वीकृत भएको थियो ।

समझदारीपत्रको प्रावधान बमोजिम प्रस्तावक डीआइएजी इण्डष्ट्रिज जीएमबीएचले अनुमतिपत्र प्राप्त गरेको २४ महिना भित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ ।

प्रस्तावक डीआइएजी इण्डष्ट्रिज जीएमबीएचले प्राकृतिक ग्यास, इलेक्ट्रोलाइसिस प्रविधि मध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ । उल्लिखित प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि अमेरिकी डलर ७१४ मिलियन लागत लाग्ने प्रारम्भिक अनुमान रहेको छ ।

साथै आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने व्यवस्था उल्लेख रहेको छ ।

उक्त समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतले विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वन र दिगो रुपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता जाँचसहितको प्रतिवेदन पेश गर्न प्रस्तावकलाई आग्रह गरे ।


Read Previous

बूढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ

Read Next

कामको भुक्तानी नगरेको र म्याद थपसम्बन्धी निर्णयको विरोधमा निर्माण व्यवसायीको धर्ना

Leave a Reply

Your email address will not be published.