Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

कामको भुक्तानी नगरेको र म्याद थपसम्बन्धी निर्णयको विरोधमा निर्माण व्यवसायीको धर्ना


काठमाडौं । सरकारबाट गरेको कामको भुक्तानी नगरेको र म्याद थपको निर्णयको विरोधमा निर्माण व्यवसायीहरुले धर्ना कार्यक्रमको आयोजना गरेका छन् । असार मसान्त भईसक्दा पनि निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नगरेको नेपाल निर्माण व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, म्याद थप सम्बन्धी गरेको निर्णयको विरोध स्वरूप भोली शुक्रवार बिहान ९ बजे महासंघले माइतीघर मण्डलामा धर्ना दिन लागेको महासंघका कार्यवाहक महासचिव शिवहरी घिमिरेले जानकारी दिए ।

यसअघि महासंघले गत आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी महासंघको सुझाव विपरित म्याद थपका सम्बन्धमा राजपत्रमा आएको सूचनाले निर्माण उद्योगमा अझ विकृति ठहर गरेको हो । नेपाल सरकारबाट २०८० असार २१ मा राजपत्रमा प्रकाशित म्याद थप सम्बन्धी बाधा अड्काउ फुकाउनका लागि जारी भएको आदेशले निर्माण उद्योग थप अस्थिर बनाउने ठहर नेपाल निर्माण व्यवसायी महासंघले गरेको थियो ।

कार्यक्रममा महासंघका मानार्थ सदस्यहरू, कार्यसमितिका सल्लाहकारहरू, पदाधिकारीहरू, सदस्यहरू, आमन्त्रित सदस्यहरू, एशोसिएट सदस्यहरू र बागमती प्रदेश महासंघ तथा उपत्यका भित्रका जिल्ला संघहरू काठमाडौ, ललितपुर, भक्तपुर अन्तर्गतका सदस्यहरू लगायत काठमाडौंमा रहनु भएका सम्पूर्ण निर्माण व्यवसायी सदस्यहरूको अनिवार्य उपस्थितिको लागि महासंघले अनुरोध गरेको छ ।


Read Previous

रासायनिक मल कारखाना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारी

Read Next

बिलकाे भुक्तानी नगरेको र म्याद थपसम्बन्धी निर्णयको विरोधमा निर्माण व्यवसायीको धर्ना (फाेटाेफिचर)

Leave a Reply

Your email address will not be published.