Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

‘पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य जरुरी’


काठमाडौं । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सहकारबीच सहकार्य जरुरी रहेको बताएका छन् ।

हिमालय उद्धार सङ्घको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा आज आयोजित कार्यक्रममा उनले पर्यटकीय हिसाबले अथाह सम्भावना बोकेको नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने  बताएका हुन् ।

‘हिमाल र पर्वतारोहण क्षेत्रमा पुगेर हिमालय उद्दार सङ्घले स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ, यस्ता संस्थालाई सरकारको तर्फबाट साथ र सहयोग रहन्छ’ उनले भने ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा धनञ्जय रेग्मीले देशको पर्यटन क्षेत्रको विकासका लागि यससँग सम्बन्धित सङ्घ संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सरकारले अगाडि सारेको सम्पदा घुमौ अभियानलाई अगाडि बढाउन सबै क्षेत्रको साथ र सहयोग रहेको धारणा राखे ।

हिमालय उद्दार सङ्घका निवर्तमान अध्यक्ष हरि धरेलले नेपालको पर्वतारोहण क्षेत्रमा जाने पर्यटकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सङ्घले सोलुखुम्बुको फेरिचेमा स्वास्थ्यचौकी स्थापना गर्न लागेको बताए ।

हिमालय उद्धार सङ्घको अध्यक्षमा पराजुली निर्वाचित

हिमालय उद्दार सङ्घको जेठ २१ गते सम्पन्न अधिवेशनबाट डम्बर पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । सङ्घको उपाध्यक्षमा कुमार रानाभाट, महासचिवमा श्रीराम खत्री र कोषाध्यक्षमा सुशीलकृष्ण अधिकारी निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद घिमिरेले जानकारी दिए ।

यस्तै, सदस्यमा दावा शेर्पा, विकास रौनियार, प्रयुश न्यौपाने, तुलसिंह गुरुङ, सुवास दवाडी वारिस धरेल र यादव अधिकारी निर्वाचित भएका हुन् ।। उक्त कार्यसमिति तीन वर्षका लागि सर्वसम्मत निर्वाचित भएको हो ।


Read Previous

अब आधा घण्टाको दूरीमा झोलुङ्गे पुल बनाइने

Read Next

लुम्बिनी केवलकारको औपचारिक उद्घाटन भाेली, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

Leave a Reply

Your email address will not be published.