Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

इपान अध्यक्षका लागि चुनावी प्रतिश्पर्धामा उत्रिने गणेश कार्कीको औपचारिक घोषणा


काठमाडौं । जलविद्युत उद्यमी गणेश कार्कीले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को नयाँ कार्यसमिति चयनका लागि आगामी जेठ ३२ गते हुने निर्वाचनमा अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका छन् । कार्कीले सोमबार प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा भएका महत्त्वपूर्ण उपलब्धीको स्वागत गर्ने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा इपानको आगामी नेतृत्व चयनका लागि हुने प्रतिश्पर्धामा अध्यक्ष पदका लागि प्रतिश्पर्धामा उत्रिने औपचारिक घोषणा गरेका हुन् ।

यसअघि उनी अध्यक्ष पदको प्रबल दाबेदार रहेको भन्ने चर्चा भइरहेकोमा सोमबार उनले औपचारिकरूपमा उमेद्वारी दिने घोषणा गरेका हुन् । उनी इपानको अहिलेको कार्यसमितिमा उपाध्यक्ष छन् । अहिलेसम्ममा सहमतिमा नै नयाँ कार्यसमिति चयन गर्ने प्रयास भइरहेकाले समय लिएर नै उमेद्वारी दिने औपचारिक घोषणा गरेको बताए ।

‘मुलुकको समृद्धिका लागि ऊर्जा क्षेत्र नै मुख्य मेरुदण्ड हो,’उनले भने, ‘जलविद्युको विकासका लागि गर्नुपर्ने कामहरू धेरै छन् । म इपानको नेतृत्वमा आएमा अबको इपान सबैको इपान हुने गरी काम गर्नेछु ।’

उनले सरकारलाई दवाव दिने, निजी क्षेत्रलाई माथि उठाउन सञ्चार माध्यमको पनि भूमिका महत्त्वपूर्ण हुने बताए । कार्कीसँग अध्यक्ष पदमा प्रतिश्पर्धा गर्ने औपचारिक घोषणा किरण मल्लले पहिले नै गरिसकेका छन् ।

अहिलेको कार्यसमितिका उपाध्यक्ष मोहन डाँगीले पनि बरिष्ठ उपाध्यक्षमा उठ्ने घोषणा गरे । सुरुवातमा अध्यक्ष पदका लागि कार्की, डाँगी, मल्ल र आशिष गर्गले चासो देखाएपनि गर्गले हालसम्म कुन पदमा उमेद्वारी दिने भन्ने औपचारिक रूपमा सार्वजनिक गरिसकेका छैनन् । डाँगीले यस पटक कार्कीलाई अध्यक्ष बनाएर आफु बरिष्ठ उपाध्यक्ष बनेर आगामी कार्यकालका लागि अध्यक्ष बन्ने गरी सहमति जनाएका छन् ।

डाँगी बरिष्ठ उपाध्यक्षका लागि सहमत भइसकेका छन् । गर्ग र हाल महासचिव रहेका गोरे शेर्पाको पनि बरिष्ठ उपाध्यक्ष पदमा दाबी गर्ने चर्चा छ । तर, उनीहरू दुवैले अहिलेसम्म सार्वजनिकरूपमा प्रतिस्पर्धामा उत्रिने घोषणा गरिसकेका छैनन् ।

यसैगरी, ५ जना उपाध्यक्षका लागि आनन्द चौधरी, भरत खत्री, राम आचार्य, उत्तम ब्लोन र हिम पाठक चुनावी प्रतिश्पर्धामा उत्रिँदै छन् । महासचिव पदमा हाल सचिव रहेका बलराम खतिवडा र उप–महासचिवमा अहिले सदस्य रहेका प्रकाशचन्द्र दुलालले उमेद्वारी दिने तयारी गरेका छन् ।

५ जना सचिवमा भरत खड्का, विक्रम विष्ट, अविज्ञा मल्ल, कविता कँडेल तथा कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त लगायत चुनावी प्रतिश्पर्धामा उत्रिने चर्चा छ । सदस्यहरूमा शंकर बस्स्याल, मिथुन पौडेल, कुवेरमणि नेपाल, सुमन जोशी, कदम केसी, सुसन कर्माचार्य, भरत पराजुली, सीताराम तिम्सिना, तारा सुब्बा लगायतले उमेद्वारी दिने तयारी गरेका छन् ।


Read Previous

भारतले खरिद गर्ने १० हजार मेगावाट विद्युत स्वदेशी लगानीका आयोजनाकाे पनि हाे : इपान

Read Next

पूर्वाधार परियोजनाको इआइए प्रतिवेदन बन्छन, कार्यान्वयन हुदैनन्

Leave a Reply

Your email address will not be published.