Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

पूर्वाधार परियोजनाको इआइए प्रतिवेदन बन्छन, कार्यान्वयन हुदैनन्


काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा आयोजित ‘वातावरण र पूर्वाधार’ कार्यक्रमका वक्ता तथा वातावरण विज्ञ राजन पाण्डेले धेरै कठिनाइका साथ वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदन तयार भए पनि कार्यान्वयन नहुने समस्या रहेको बताए । ‘अध्ययन हुने तर कार्यान्वयन नहुने प्रतिवेदन बन्ने गरेका छन’ उनले भने ।

पूर्वाधार परियोजनाबारे कसैले प्रश्न उठाए त्यसलाई रोक्ने वा काम मात्र भएको उनको भनाइ छ । ‘अध्ययनले देखाएका समस्या समाधान गर्ने, आउने समस्यालाई न्यूनीकरण गर्नको लागि सिफारिस गरेका बुँदाहरु कहिल्यै कार्यान्वयनमा आएका छैनन्’ उनले भने ।

नेपाल इञ्जिनियर्स एशोसिएशन बागमती प्रदेश, नेपाल वातावरणीय इञ्जिनियर्स समाज र नेपाल वातावरण समाजले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रतिवेदन तयार गर्न भने कडा व्यवस्थाका कारण ढिलाई हुने गरेको उनको भनाइ छ ।

इआइए प्रतिवेदन मस्यौदा चरणदेखि नै अनलाइनमा राख्ने र सरोकारवालालाई पहुँच दिएर तयार गर्ने हो भने समय घटाउन सकिने उनको सुझाव छ । त्यस्तै, इआइए प्रतिवेदन अध्ययन र ‘रिभ्यु’ गर्नको लागि विज्ञहरुको सूची बनाउने र त्यसैअनुसार मूल्यांकन गर्ने हो भने प्रणालीको विकास हुने उनको भनाइ छ ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयकी उपसचिव मधु घिमिरेले पूर्वाधार परियाजनाका इआइए प्रतिवेदन स्वीकृतिको चरणमा पुग्न ढिलाई हुनुमा यसको प्रक्रिया र विधी पूरा गर्नुपर्ने व्यवस्था पनि जिम्मेवार रहेको बताइन् । ‘इआइए प्रतिवेदन स्वीकृत गर्नको लागि ३५ वटा चरण पार गर्न पर्छ । त्यसले स्वभाविक रुपमा ढिलाइ भएको छ’ उनले भनिन् । प्रक्रिया नपुगेका र स्थानीयको सहभागिता र सरोकारका विषय सम्बोधन नभएको अवस्थमा पनि स्वीकृत नुहुने भएकाले ढिलाइ भइरहेको उनको भनाइ छ ।

कार्यक्रममा इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोककी प्राध्यापक डा. संगीता सिंहले भने सहरीकरणले वातावरणीय असन्तुलन बढाउदै लगेको बताइन् । ‘यसरी खडा भएका चुनौतिलाई न्यूनकरण गर्नेतर्फ हाम्रा प्रयास केन्द्रित हुनुपर्छ’ उनले भनिन् ।

नीति केन्द्रित होइन, समस्या केन्द्रित अनुसन्धान आवश्यक

विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले नीति केन्द्रितभन्दा पनि व्यवहारिक र समस्या केन्द्रित अनुसन्धानमा जोड दिएका छन् । कार्यक्रममा  प्राध्यापक डा. संगीता सिंहले समाजमा विद्यमान व्यवहारिक समस्यालाई समाधान गर्ने अध्ययनतर्फको झुकाव बढ्दै गएको बताइन् ।

‘कतिपय समुदायले भोगिरहेका समस्यालाई अध्ययनमा उनीहरुकै सहभागीतामार्फत पनि समाधान गर्न सकिने ढाँचामा अघि बढ्नुपर्ने आवश्यकता छ’ उनले भनिन् । अर्कोतर्फ सिद्धान्त र नीतिमा रहेका कमजोरी हटाउनको लागि पनि सरकारी निकायसँग मिलेर अध्ययन गरिनुपर्नेमा जोड दिइन् ।


Read Previous

इपान अध्यक्षका लागि चुनावी प्रतिश्पर्धामा उत्रिने गणेश कार्कीको औपचारिक घोषणा

Read Next

मध्यकालीन विद्युत व्यापार सम्झौतामार्फत पहिलोपटक दुई सय मेगावाट निर्यात, ४५२ मेगावाटको नवीकरण

Leave a Reply

Your email address will not be published.