Nepal Purbadhar

बुधबार, जेष्ठ २४, २०८०
Wednesday, June 7, 2023

बुधबार, जेष्ठ २४, २०८०
Wednesday, June 7, 2023

सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याइने छः खानेपानी मन्त्री


सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पु¥याउन सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेकाे बताए ।

नेपाल समाजवादी पार्टीका (नेसपा)का अध्यक्ष समेत रहेका उनले संविधान, लोकतन्त्र, पहिचान र अधिकारको रक्षा, समानुपातिक, समावेशी प्रतिनिधित्वका लागि आफ्नो पार्टीले आवाज उठाउँदै आएको उल्लेख गरे ।


Read Previous

निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिइने,सरकारी कार्यालयले विद्युतीय सवारी मात्रै खरिद गर्नुपर्ने

Read Next

बजेटमा समावेश गर्नुपर्ने प्रमुख मुद्दा

Leave a Reply

Your email address will not be published.