Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

नेपालगञ्ज क्षेत्रकाे विद्युत आपूर्तिमा समस्या


बाँके । विद्युत प्रसारण तथा वितरण लाइनले माग बमाेजिमकाे लाेड बाेक्न नसक्दा बाँकेकाे नेपालगञ्ज  क्षेत्रमा विद्युत आपूर्तिमा समस्या  देखिएकाे छ । माग धान्ने विद्युतीय पूर्वाधार नहुँदा नेपाल विद्युत प्राधिकरणकाे वितरण प्रणालीबाट हुने विद्युत आपूर्ति अनियमित हुन थालेपछि समस्या देखिएकाे हाे ।

बिना सूचना पटक-पटक विद्युतकाे लाइन काटिँदा विद्युत प्राधिकरणका उपभोक्ता मारमा परेका छन् । विद्युत आपूर्ति अनियमित हुँदा सबैभन्दा बढी मार त्यस क्षेत्रमा सञ्चालित उद्योगमा परेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले विद्युत् कटौती बढ्दै गएकाले अब आन्दोलनमा उत्रिनु पर्ने अवस्था आएकाे बताए ।

“हावाहुरीका कारण कहिलेकाहीं विद्युत् कटौती हुनु स्वभाविक मान्न सकिएला तर, पटक-पटक जानकारी बिना नै हुने कटौतीले उद्योगमा धेरै मार परेको छ । त्यसो भइरहे हामी सहेर बस्दैनौं”, उनले भने ।

नेपालगञ्ज क्षेत्रमा वितरण हुने विद्युत भारतकाे टनकपुर विन्दुबाट ल्याइने हुँदा कम गुणस्तरका कारण वितरण प्रणालीमा बेला बेला समस्या आउने  गरेकाे विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद पाण्डे बताए ।

“प्राविधिक समस्याका कारण हुने विद्युत कटाैतीमा तत्काल केही गर्न सकिँदैन । तर, स्थानीय क्षेत्रकाे वितरण प्रणालीमा आउने समस्या समाधानका लागि  प्रयास गरिरहेका छाैं”, उनले भने । यस क्षेत्रकाे प्रसारण तथा वितरण प्रणालीकाे समस्याले नै विद्युत कटाैती भइरहेकाे पनि कार्यालयले जनाएकाे छ ।

नेपालगञ्ज सबस्टेसनमा १६ र ८ एमभिएका २ वटा गरी २४ एमभिएका पावर ट्रान्सफर्मर जडान भएकाेमा ८ एमभिएकाे ट्रान्सफर्मर थप गरी वितरण प्रणालीकाे स्तराेन्नति गरिएकाे पनि पाण्डेले प्रष्ट पारे ।

केही दिनअघि जडान गरिएको नयाँ ट्रान्सफर्मरबाट २ वटा फिडर निकालेर विद्युत वितरण गर्न थालिएको र यसले ट्रान्सफर्मरमा ओभरलोड भएर हुने विद्युत् कटौती कम मद्दत पुग्ने उनले बताए । पाण्डेले यो बेलामा विकास निर्माणका कार्य भइरहने र हावाहुरीका कारण आउने समस्याले पनि विद्युत कटौती हुने गरेको बताए ।

प्राधिकरणकाे नेपालगञ्ज वितरण केन्द्रका अनुसार अहिले पानी परेकाे समयमा समस्या नहाेस् भनी कन्डक्टर तारलाई तीनबाट पाँचमा राखिएको तथा तारलाई छुने अन्य तार र रुख विरुवा काँटछाँट गरिरहेको जनाएकाे छ ।

यस्तै, फेज थप्ने, ओभर लोड भएको फिडरलाई सवस्टेशनबाट अर्को फिडरमा लैजाने र ट्रान्सफर्मरको फ्युज जान नदिन एलटी लाइनमा एमसिबी बक्स जडान गर्ने लगायत काम गरिरहेकाे जानकारी पनि वितरण केन्द्रले दिएकाे छ ।

विद्युत् लाइन निरन्तर सञ्चालन राख्न ठाउँ-ठाउँमा डिस-कनेक्सन राख्न थालिएको, सवस्टेशनमा रहेको ट्रान्सफर्मर तथा ब्रेकर मर्मत पनि गरिएको र विभिन्न ठाउँका ट्रान्सफर्मर अपग्रेड गरिएको वितरण केन्द्रले जनाएको छ ।

बाँकेको खजुरामा गाेल्यान समूहले निर्माण गरी प्रसारण प्रणालीमा १० मेगावाट सौर्य विद्युत आयाेजन जाेडिएपछि भने यस क्षेत्रमा दिउँसाेकाे समयमा देखिने लाे-भाेल्टेजकाे समस्या समाधान भएकाे छ । रातकाे समयमा भने अझै पनि समस्या रहेकाे उद्याेगीहरूकाे गुनासाे छ ।


Read Previous

९ हजार पदयात्रीले अनलाइनमार्फत लिए ‘टिम्स’ कार्ड   

Read Next

विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ: मन्त्री ज्वाला   

Leave a Reply

Your email address will not be published.