Nepal Purbadhar

जर्मन सरकारले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था पुनर्निर्माणमा सहयोग गर्ने


काठमाडौं। जर्मन सरकारले बाढीबाट प्रभावित क्षेत्रमा क्षति पुगेका स्वास्थ्य संस्थाको पुनर्निर्माण तथा स्वास्थ्य सेवा पुनःस्थापनाका लागि सहयोग गर्ने भएको छ।

बाढीका कारण पूर्ण तथा आंशिक रूपमा क्षति पुगेका स्वास्थ्य संस्थाको पुनर्निर्माण, प्रभावित स्वास्थ्य संस्थामा फोहोरमैला व्यवस्थापन प्रणालीको सुदृढीकरण तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार गरेको प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा सहयोग गर्ने विषयमा बिहीबार मन्त्रालयमा छलफल भएको हो।

छलफलका क्रममा बाढीबाट स्वास्थ्य क्षेत्रमा परेको क्षति, प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पुनःस्थापना तथा आगामी दिनमा गर्नुपर्ने पुनर्निर्माणका विषयमा समेत छलफल भएको थियो।

मन्त्रालयमा भएको बैठकमा जर्मन दूतावासका उपप्रमुख तथा विकास सहयोग प्रमुख बेन्जामिन सेइडल, विकास सहयोग उपप्रमुख जान डिर्क्सेन तथा जीआईजेड नेपालका प्रोग्राम म्यानेजर रुथ शुमाकर र डेपुटी प्रोग्राम म्यानेजर तीर्थकुमार सिन्हा सहभागी थिए।

जर्मन पक्षबाट स्वास्थ्य संस्थाको भौतिक पुनर्निर्माणसँगै फोहोरमैला व्यवस्थापन र स्वास्थ्य सेवा पुनःस्थापनाका लागि आवश्यक सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।


Read Previous

ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान, पुनर्निर्माणमा ठूलो वित्तीय चुनौती

Read Next

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात, कति भयो खर्च?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar