Nepal Purbadhar

निजी क्षेत्रले १ वर्षमा ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप्याे


काठमाडौं । २०७९ साल सकिन लाग्दा यो वर्ष निजी लगानीमा निर्माण भएका विद्युत आयोजनाको करिब ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । यो अवधिमा निजी लगानीको अहिलेसम्मकै ठूलो ८६ मेगावाटको सोलुखोला (दूधकोसी) सहित २६ विद्युत आयोजना (परीक्षण सहित) प्रसारण प्रणालीमा जोडिएका हुन्।

नेपाल विद्युत प्राधिकरण विद्युत व्यापार विकासका अनुसार २०७९ बैशाखदेखि चैत अन्तिम सातासम्ममा ३६८ मेगावाटका २२ विद्युत आयोजनाले व्यापारिक उत्पादन सुरु गरेका छन् । जसमध्ये ३ वटा सौर्य विद्युत आयोजना छन् ।

साहस ऊर्जा कम्पनीले निर्माण गरेको सोलुखोला (दूधकोसी) ले गत फागुन १७ गतेदेखि व्यापारिक विद्युत उत्पादन गरिरहेको छ । १० मेगावाटको माकरीगाड आयोजना गत फागुन २७ गतेदेखि प्रसारण प्रणालीमा जोडिएको छ ।

यो अवधीमा १ मेगावाटको सिमरा, ५ मेगावाटको नवलपरासी, ४ मेगावाटको सोम राधाकृष्ण र १० मेगावाटको बाँके–२ सौर्य विद्युत आयोजनाले उत्पादन सुरु गरेका छन् ।

४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना, १० मेगावाटको बाँके–२ सौर्य विद्युत आयोजना र १४.९ मेगावाटको मायाखोलाको एउटा युनिट (७.७५ मेगावाट) अहिले परीक्षण उत्पादनको चरणमा छन् ।

यी बाहेक पनि १९.८ मेगावाटको माथिल्लो सोलु विद्युत उत्पादन सुरु गर्न परीक्षणको अन्तिम चरणमा छ । यो आयोजना पनि यो वर्षभित्रै प्रसारण प्रणालीमा जोडिँदैछ ।

२०७९ सालमा निर्माण सम्पन्न भएका विद्युत आयोजना

क्र.संआयोजनाजडित क्षमता (मेगावाट)
१.सुरीखाेला६.४
२.न्यादी३०
३.माथिल्लो खिम्ती१२
४.उपल्लो खिम्ती–२
५.सिमरा सैर्य विद्युत
६.नवलपरासी सैर्य विद्युत
७.दोर्दी खोला२७
८.चेपे खोला८.६
९.दोदी–११२
१०.सोम राधाकृष्ण सोलार फर्म
११.साइती खेला
१२.तल्लो लिखु२८.१
१३.माथिल्लो बलेफी ‘ए’३६
१४.पुवा–२४.९
!%=माथिल्लो दोर्दी ‘ए’२५
१६.मध्यमोदी१५.३३
१७.मध्य साेलुखोला
१८.कालंगागाड१५.३३
१९.माथिल्लो कालंगागाड३८.४६
२०.सोलुखाेला (दूधकोसी)८६
२१.माथिल्लो माछा खोला४.५५
२२.माथिल्लो पिलुवाखोला–२४.७२
२३.माकरीगाड१०
२४.बाँके–२ सौर्य विद्युत१०
२५.मायाखोला७.७५ (पहिले युनिट)
२६.सुपर मादी४४
 कूल ४२९.७५

स्राेतः नेपाल विद्युत प्राधिकरण


Read Previous

सेवा चुस्तदुरुस्त बनाउन स्मार्ट टेलिकमलाई प्राधिकरणको निर्देशन

Read Next

दीपालयमा बृहत लिफ्ट सिँचाइ आयोजना बनाउन सुरु