Nepal Purbadhar

रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार


काठमाडौं । रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ।

उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन वि.क. र सुनिल माझी रहेका छन्।

यसैबीच, अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनातर्फ उद्धार सामग्रीसहित डेडिकेटेड हेलिकोप्टरले पनि काम सुरु गरेको जनाइएको छ।

टनेलभित्र रहेका अन्य व्यक्तिको उद्धारलाई थप प्रभावकारी बनाउन आवश्यक सामग्रीसहित उद्धार टोली परिचालन गरिएको छ।

प्रतिकूल मौसमका कारण उद्धार कार्यमा केही ढिलाइ भइरहेको भए पनि उद्धारलाई उच्च प्राथमिकतामा राखेर निरन्तर काम भइरहेको बताइएको छ।


Read Previous

बाढीपछि भेटिएका ४८९ शवमध्ये ३९३ को पहिचान हुन सकेन

Read Next

खिम्ती-ढल्केबर २२० केभी लाइनमा समस्या आएपछि काठमाडौंसहित मध्य क्षेत्रमा विद्युत् अवरुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar